मिस कोशीको बिजेतासहित रनरअपहरूलाई सम्मान

 न्यूज विराट
मिस कोशीको बिजेतासहित रनरअपहरूलाई सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ ।
जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभ लक्ष्मी राइ, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै निशा हाङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान तामाङ्ग, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई रहेकी छिन् ।

सुनसरीको धरानमा गत शनिबार सम्पन्न भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मी राईले मिस कोशीको उपाधि जितेकी थिइन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।

सम्मानित भएका प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्र्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरे । कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो प्रतियोगिताले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने बताए । आगमी दिनमा पनि निरन्तरा दिनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी मिस कोशीको बिजेता शुभ लक्ष्मी राइले आगमी लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन् । ‘पहिलो पटक भाग लिएको प्रतियोगिताबाट मिस कोशीको ताज पहिरिन सफल भए,’ उनले कार्यक्रममा भनिन्, ‘अबको लक्ष्य भनेको एउटै रहेको छ । त्यो हो मिस यूनिभर्स नेपालको उपाधि हात पार्ने । त्यसको लागि कडा मेहनत गर्नेछु ।’

सम्बन्धित समाचार

मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट विद्यार्थी साह र भगत सम्मानित

विराटनगर । गुणस्तरीय शिक्षामा प्रदान गरी व्यवस्थापन शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित मेरील्याण्ड कलेजका सर्वोत्कृष्ट दुई जना विद्यार्थी सम्मानित भएका छन् । हिसान मोरङले हिसान स्पोर्टस मिटको समापनको दिन मेरील्याण्ड कलेज टप गर्ने दुई जना...

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

मौद्रिक नीति : कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत

काठमाडौं, साउन २९ । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको...

विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

एजेन्सी, पुस ८–अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ । बोइङले संस्थामा आत्मविश्वास पुनस्र्थाििपत गर्नका लागि यो कदम चालिएको दाबी गरेको छ । बोइङ कम्पनीको ७३७ म्याक्स...

फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...

विराटनगरमा कोरोना संक्रमणबाट विद्युत इन्जिनियरको मृत्यु

विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा खोप प्राप्त हुँदै

काठमाडौं, २९ साउन । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्