शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

 न्यूज विराट
शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।
कलेजले बिहीबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।

शिक्षादीपमा कक्षा ११ को विज्ञान संकायमा ९४५ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थी १७ औं ब्याजमा हुन् । साउन ७ गतेबाट कक्षा सुरू हुनुभन्दा अगाडी शिक्षादीप कलेजले प्रत्येक वर्ष नयाँ भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण गराउँदै आएको छ । अभिमुखिकरण कार्यक्रममा प्रवेश परीक्षामा टप भएकी छात्रा सिरिन भट्टराईले सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट गुणस्तरीय शिक्षा पाउने भएको कारणले शिक्षादीप रोजेको बताइन् । शान्त बातवरणमा यहाँका मेहनती शिक्षकहरुबाट भयरहित तरिकाले गुणस्तरीय शिक्षा पाउने भएको कारणले शिक्षादीप रोजाइमा परेको बताइन् । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थी खुस्बु ढकाल, समीर डोटेलल र प्रतिक भट्टराईले पनि शिक्षादीप रोज्नुको कारण बताउँदै भने, ‘ सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिकाहरूबाट गुणस्तरीय शिक्षा पाउने अभिलासले हाम्रो गन्तब्य शिक्षादीप भएको हो ।’

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन हामी कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो । विद्यार्थीलाई सफतामा पुर्याउन कलेज लागि पर्नेछ,’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्ने हुन्छ ।’ अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उनले बताए । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, उनले भने ।


विद्यार्थीले ल्याएको नतिजा र मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा शिक्षादीप कलेजका विद्यार्थीको बाहुल्यताका कारण सबैको पहिलो रोजाइको शैक्षिक संस्था बनेको बताए । उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका विद्यार्थी हुन्’, प्रिन्सिपल खड्काले भने, ‘शिक्षादीप पढेर गएका विद्यार्थीले देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको मागअनुसारको शिक्षा, विद्यार्थीको उन्नयनका लागि सधैँ नयाँ योजना ल्याउनुले पनि शिक्षादीप अग्रणी संस्था बन्न सकेको हो ।’
कलेजका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । नेपालमै सवैभन्दा बढी फ्याकल्टी भएको कलेज शिक्षादीप भएको बताए । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सपना साकार गर्ने समय अब २ वर्ष भएको उनको भनाई छ ।
त्यसैगरी विज्ञान संकायका संयोजक नवीन कुमार रायले सपना बोकेर शिक्षादिप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना गर्दै स्वागत गरे ।
सहप्रा.डा.ललितनारायण मण्डरले कक्षा ११ भर्ना भएका विद्यार्थीको उद्देश्य पूरा गर्न कलेज तयार रहेको बताए । शिक्षादिप कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए । कार्यक्रममा कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, शैलेन्द्र शिवाकोटी, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराई, निर्देशक भूपी दाहाल, कलेजका शिक्षकहरु, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नेकपा सचेतक चौधरीकाे आईसीयुमा उपचार हुँदै

काठमाडौं, २४ असोज-कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । उनको सचिवालयका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयुमा  सारिएको हो । चौधरीको अहिले वीर...

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

मेरो अर्जुनदृष्टि कृषि क्षेत्रमा बिग्रिएका व्यवस्था फेर्न केन्द्रितः भुसाल

बुटवल,  २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् ।  मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो...

संस्थागत निर्णय भन्दा बाहिर नजाने कार्यदलको अडान : ओलीलाई सुझाव, माधवलाई चेतावनी

काठमाडौं, असार ३१ । नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकने...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

खुकुलो ‘लकडाउन’लाई ७ साउनसम्म लम्ब्याउने निर्णय

काठमाडौं, १५ असार-सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १...

कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन :कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्