एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

 न्यूज विराट
एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् ।

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । उनले नगद १० हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
त्यस्तै ‘मेरो देश मलाई गर्व लाग्छ’ शीर्षकको कविता वाचन गर्ने कक्षा–१२ का खिलराज ढकाल द्वितीय, ‘मैले नगरे कसले गर्ने ?’ शीर्षकको कविता वाचन गरेर कक्षा–१२ कै सुजल कोइराला तृतीय र ‘हाम्रा भानु’ शीर्षकको कविता वाचन गरेर कक्षा–५ की छात्रा बेबिका पनेरु सान्त्वना भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार निर्मला कोइराला रहेको निर्णायक समितिले वाचन गर्ने कविहरूमध्येबाट चारजनाको नाम घोषणा गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ खेम नेपाली र विद्यालयका प्राचार्य टीकाराम पुरीले प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ७, ५ र ३ हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

विद्यालयका सहायक प्राचार्य नारायण कडरियाले सञ्चालन गरेको कार्यक्रममा मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष ताराबहादुर बुढाथोकीसहित खम्बसिंह नेपाल, तारा काफ्ले, रिवाज खतिवडा, अस्मिता भट्टराई, जयकुमार थापामगर, रमेश ओझा, तुलसा भट्टराई, अच्युत आचार्य, सरस्वती पराजुलीलगायत एक दर्जन शिक्षक शिक्षिकाहरूले समेत कविता वाचन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ नेपालीले भाषा, साहित्य र संस्कृतिलाई समाजलाई जोड्ने बताए । उनले भाषा, साहित्य र कलाको विकास बिना मुलुकको समग्र विकास हुन नसक्ने दाबी गरे । उनले भाषा र साहित्य मुलुकको प्राण भएको टिप्पणीसमेत गरे । प्राचार्य पुरीले विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको जानकारी दिए । पुरीले विद्यालयले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, चित्रकलालगायतका सिर्जनात्मक अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको बताए । प्राचार्य पुरीले विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गरे । प्रतियोगितामा ३२ जना विद्यार्थीले कविता वाचन गरेका थिए ।

सम्बन्धित समाचार

लाईसेन्सको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै खारेजीको माग

विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ। प्रदेश १ सरकारले पुस १५...

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

तत्कालीन माओवादीका ७ नेता प्रचण्डसँग असन्तुष्ट 

काठमाडाैं, २२ असार-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदवाट हटाउन खोजेपछि तत्कालीन माओवादी केन्द्रका स्थायी कमिटी र केन्द्रीय सदस्यहरु पछि हटन सुरु गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) र...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

नयाँ वर्षमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २१ पुस । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले अंग्रेजी नयाँ वर्षको अबसरमा खाद्यान्न वितरण गरेको छ । यसअघि पनि पटक पटक वितरण गरेको क्लबले अंग्रेजी नयाँ वर्षको अवसरमा समेत मानव सेवा आश्रम, विराटेश्वर...

विराटनगरको घरेलु मदिरा बनाउने भट्टीमा छापा, २ हजार लिटरबढी कच्चापदार्थ बरामद

विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा...

कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्