न्यायलयको पुनर्सरचना आवश्यक

 न्यूज विराट
न्यायलयको पुनर्सरचना आवश्यक

विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।
आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको मर्म अनुसार न्यायालयको पुनसंरचना आबश्यक रहको बताएका हुन् ।

कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले देश संघीयतामा गइसकेका कारण न्यायालयको पुनसंरचना आबश्यक रहेको धारणा राख्नुभयो । उहाँले न्यायालयको राम्रा अभ्यासलाई भत्काएर नभई संघीयताको मर्म अनुसार न्यायालयको पुनरसंरचना आबश्यक रहेको बताउनुभयो ।
घिमिरेले न्यायलयको पुनर्सरचना सहित संविधान संसोधनका लागि ८ बुंदे माग राख्दै प्रधान न्यायधिशलाई ज्ञापनपत्र बुझाएन्े तयारी गरिएको जानकारी दिनुभयो । उहाँले आफूहरूको मागलाई वेवास्था गरिए कडा आन्दोलनसहितका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभयो ।

बरिष्ठ अधिबक्ता डा चन्द्रकान्त ज्ञवालीले न्यायालयको पुनर्संरचना आबश्यक भइसकेको र संघियताको मर्मअनुसार न्यायालयको पुनर्सरचना गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका मुद्दाहरू कार्यक्षेत्र र मुद्दाको प्रकृति तोकेर उच्च अदालतले नै टुंगो लगाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले संघीय व्यवस्था अनुसार सरकार तीन तहको भएकाले अदालत पनि तीनै तहको बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल वार काउन्सील कोशी प्रदेशको आयोजनामा भएको ७ दिने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाका अधिबक्ताहरूको सहभागिता रहेको थियो । तालिममा सहभागिहरूलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले प्रमाण्पत्र बितरण गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर...

प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छन् । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका हुन् । उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीपको सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।कक्ष ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले...

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघ्यो, रुसमा मात्र ३ लाख ७० हजार

मस्को, जेठ १४–विश्वमा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार नाघेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार बुधबार साँझ ७ बजे सम्ममा कोरोना संक्रमितको संख्या ५७ लाख १५ हजार १ सय १७ पुगेको हो । जस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्