विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता

 न्यूज विराट
विराट क्षितिज कलेज र लीपफ्रग टेक्नोलोजीबीच इन्टर्नशिप र प्लेसमेन्ट सम्बन्धि सम्झौता

विराटनगर । विराटनगर–२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो ।

सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाण्डौंस्थित लीपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरणकुमार रेग्मीले हस्ताक्षर गरेका छन् ।

नेपालको टप कम्पनी मध्ये एक रहेको लीपफ्रग टेक्नोलोजीमा ५०० जना भन्दाबढी विशेषज्ञ सफ्टवेयर इन्जिनियरहरू कार्यरत रहेका छन्न् । यस सम्झौता अनुसार, कलेजका सेमेस्टर १ देखि ७ सम्मका विद्यार्थीहरूलाई विशेष आइटी तालिम प्रदान गरिनेछ ।

नेपाल मात्र नभएर भारत, जापान, कोरिया र इजरायलका आईटी कम्पनीहरूमा पनि इन्टर्नशिप र प्लेसमेन्टको अवसर प्राप्त गर्ने विराट क्षितिज कलेजले जनाएको छ । कलेजको नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बीसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ । शान्त तथा पठनीय वातावरणमा, सुविधा सम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज विराटनगर–२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको छ । उक्त कलेजमा बीएससी सिएसआइटीमा ३६ र बी सिएमा ३५ जना विद्यार्थीको कोटा रहेको छ । सीमित विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षासँगै सिपयुक्त दक्ष जनशक्ति प्रदान गर्ने कलेजको दाबी छ । यस सम्झौताले नेपालको शैक्षिक क्षेत्र र आइटी उद्योगबीचको सहकार्यलाई बलियो बनाउने र देशको डिजिटल अर्थतन्त्रलाई टेवा र्पुयाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...

शिक्षादीप कलेजका विद्यार्थीले रकेट बनाउँदै सकियोे कार्यशाला

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी कार्यशाला सकिएको छ । काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी यति ठूलो र भव्य कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । उक्त...

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...

रुकुम घटना छानबिन संसदीय समिति गठन

काठमाडौं, २६ जेठ-६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो । सांसदहरूले...

वीरगञ्जको अनुगमनमा निस्किए मुख्यमन्त्री राउत

जनकपुर, ३ जेठ-कोरोना भाइरसबाट संक्रमितहरूलाई दिइने सुबिधा र उपचारको व्यवस्थापनलाई लिएर प्रदेश सरकारको चर्को आलोचना भइरहेको बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज वीरगञ्जको अनुमगन गरेका छन् । मुख्यमन्त्री राउत गत १ सातादेखि काठमाडौंमा...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

सन्दीपलाई गर्‍यो क्यानले निलम्बन

नेपाल क्रिकेट संघ क्यानले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्