एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

 न्यूज विराट
एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरीन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

एसईईको परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै स्कुलले उनलाई नगद २५ हजार रुपैयाँसहित कदर पत्रले सम्मान गरेको छ । सम्मानित भएकी छात्रा शिरीनले कडा महेनत गर्दा आज सफलता मिलेको बताइन् । शिक्षकहरुले पढाएको कुरा र स्कुल र घरमा मेहनता गरेर अध्ययन गर्दा सफलता प्राप्त हुने उनले बताइन् ।

सम्मानित भएका छात्रा भट्टराईलाई स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । एसईईमा ४ जीपीए ल्याएर स्कुलमा सर्वोत्कृष्ट भएकी भट्टराईले विज्ञान संकाय लिएर विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्दै आएकी छिन् । उनले शिक्षादीप कलेजले लिएको प्रवेश परीक्षामा पनि उनी पहिलो भएकी थिइन् । उनलाई कलेजले पूर्ण छात्रावृत्तीमा अध्ययन गराउने घोषणा गर्दै भव्य रुपमा स्वागत पनि गरिसकेको छ ।
विराटनगर घर भएकी भट्टराई भविष्यमा चिकित्सक बन्ने बताएकी छिन् ।

बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।
३.६ भन्दा माथि ३७ जना, ३.२ भन्दा माथि ३८ जना र २.८ भन्दा माथि ल्याउने १४ जना विद्यार्थी रहेको प्रिन्सिपल भट्टराईले बताए । ढानिलकण्ठ स्कुल गुणस्तरीय शिक्षामा अब्बल सावित भएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने गरेको कारण बुढानीलकण्ठ स्कुलको नतिजा प्रत्येक वर्ष उत्कृष्ट आउने गरेको स्कुलले जनाएको छ ।

सम्बन्धित समाचार

बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी...

भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री

नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् । चौथाइवाले बिहीबार...

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

प्रदेश १ मा आज १२३ जना नयाँ संक्रमित थपिए

विराटनगर, ३ भदौ-प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २...

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण थप

पोखरा, २० जेठ-गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् । स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोही नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२, ४० बर्षका ४...

विराटनगरमा २९ सहित प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

विराटनगर, २५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश सह-इञ्चार्जसहित १५ जना नेकपा नेतामाथि उल्टै मुद्दा

जनकपुरधाम    २७ कात्तिक-नेकपा नेता मुकेश चौरसिया हत्याको घटनामा संलग्नता रहेको भन्दै प्रदेश २ का सह–ईञ्चार्ज नागेन्द्र चौधरी सहित १५ जना नेकपानेता विरुद्ध मुद्दा दर्ता भएको छ ।  अभियुक्त उत्तम तिवारीकी श्रीमतीले उल्टै नेता चौधरी...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्