सम्राट स्पोर्टिङ क्लबद्धारा लिग बिजेता खेलाडीलाई सम्मान
शनिबार, २२ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको सम्राट स्पोर्टिङ क्लबले यस बर्षको मोरङ जिल्ला ए डिभिजन लिग बिजेता आफ्नो खेलाडीलाई सम्मान गरेको छ । विराटनगर ३ क्लवको भवनमा शनिबार विहान एक कार्यक्रम बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।
लिग बिजेता खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरे । सम्मान कार्यक्रमका प्रमुख अतिथि हिक्मत कार्की, बिराटनगरका पुर्बप्रधान पन्च राम कृष्ण भट्टराई, क्लबका संरक्षक सन्तोष बानियाँ बिराटनगर महानगर वडा अध्यक्ष ३ बासु बस्नेत , पुर्ब वडा अध्यक्ष ३ बिनोद बस्नेत, युवा समाजसेवी कृष्ण कार्की लगायतको कार्यक्रम उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति क्लबका अध्यक्ष किरण गिरिले गरेका थिए । खेलाडीहरुको मनोबल बढाउन सम्मान गरिएको अध्यक्ष गिरीले बताए । क्लबले मनोज चौहान, सांसद अमनलाल मोदि, रामकृष्ण भट्टराई, नरेश राठि, डम्बर राई, राजिब निरौला ,न्युरो हस्पिटल, एजेलिया स्कुल ,ओम शर्मा, कुमार खतिवडा र पारस हस्पिटल लाई पनि उक्त प्रतियोगित को लागि आर्थिक सहयोग गरेकोमा सम्मान गरेको छ। यस्तै कार्यक्रममा सर्कल अफ फिफ्थ म्युजिकल ब्याडलाई पनि सम्मान गरेको थियो ।
सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको थियो ।
विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...
विराटनगर, माघ २७–प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु भएलगत्तै...
झापा, १३ जेठ-दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका-२ लालमाटीमा जंगली हात्ती लखेट्न आएका १ भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी...
नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...
काठमाडौं, १६ जेठ-शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
काठमाडौं, ६ साउन-नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको ५ साउनमा बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग...
विराटनगर । समाजवादी मोर्चाले विराटनगरमा ‘सन्देश सभा’ गर्ने भएको छ । सोमबार विराटनगरस्थित मनास्लु होटमा सभा गर्ने भएको हो । समाजवादी मोर्चाले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी मोर्चाले गर्ने सन्देश सभाको तयारी पुरा भएको जानकारी...
विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...