प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा
मङ्गलबार, १८ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक प्राप्त गरेको छ । त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ ।
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...
कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ । धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार...
विराटनगर | आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र...
काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...
स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण...
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...
तनहुँ, १२ वैशाख-व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ ।व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान...
काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण...