कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

 न्यूज विराट
कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं, मंसिर २५ । सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा आज मनोयन दर्ता हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । कांग्रेसमा सभापति एक, उपसभापति दुुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था विधानमा छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवाले फेरि दाबी गरेका छन् । उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् । त्यसबाहेक संस्थापन इतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवारको खोजी भइरहेको छ । उक्त पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले दाबी गरिरहेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

काठमाडाैं, २२ असार-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...

तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा...

७ सयले घट्यो सुनको मूल्य

काठमाडौं,  १२ भदौ-शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ...

कांग्रेसले प्रदेश १ मा टुंगो लगाउन सकेन उम्मेदवार

विराटनगर, ११ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस उम्मेदवार टुंग्याउने विषयमा अझै अलमलमा परेको छ । उमेदवारी दर्ताको समय शुरु भईसक्दा समेत प्रदेश १ मा नेपाली...

वीरगञ्जको कोरोना विशेष अस्पतालमा १ जना बिरामीको मृत्यु

वीरगञ्ज, २२ साउन-पर्साको वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरका ५६ वर्षीय पुरुष छन् । मधुमेह र मुटुका रोगीसमेत रहेका उनी श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि नारायणी...

जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पुर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ...

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्