सुदूरपश्चिमका सांसदलाई प्रचण्ड–नेपाल पक्षको धम्की - News Birat

सुदूरपश्चिमका सांसदलाई प्रचण्ड–नेपाल पक्षको धम्की

न्यूज विराट

कैलाली, २० पुस-सुदुरपश्चिम प्रदेशका सांसदहरुलाई नेकपा प्रचण्ड–नेपाल पक्षले धम्कि दिने थालेको उद्योगमन्त्री लेखराज भट्टले आरोप लगाएका छन् । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको उनको दाबी छ ।

धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको आरोप लगाए ।

ओली पक्षमा गए समानुपातिक सांसदको पद खोस्ने र मन्त्रीबाट हटाउने धम्की दिएको उनको दाबी छ । सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनको दाबी छ । सोमबार धनगढी पुगेका मन्त्री भट्टले चुनावको प्रारम्भिक प्रचारका लागि आफू कैलाली आएको समेत बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles