विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य (फोटो फिचर)

 न्यूज विराट
विराटनगरमा आदिवासी जनजातीहरुको मौलिक नृत्य (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालीका भित्र बसोबास गर्दै आएका आदिवासी जनजातीहरुले आफ्नो पहिचान सहितको भेषभूषा तथा बाजागाजा सहितको नृत्य प्रस्तुत गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा जातिय भेषभुषा तथा पहिचान सहितको बाजागाजा एवम् साँस्कृतिक नृत्यको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरको संगम पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा विराटनगरका विभिन्न जातिय सस्थाहरु भेला भेला भई आफ्नो जातिय भेषभूषामा सजिएर साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा किराँत राई यायोक्खाले साकेला नाच, किराँत याक्थुङ चुम्लुङले च्याब्रुङ अर्थात केलाङ नृत्य, त्यसैगरी किराँत याक्खा छुम्माले याक्खा जातीको मौलिक नृत्य डोकेनी अर्थात साङदाङ लाक प्रदर्शनी गरेका थिए ।

त्यसैगरी नेवार समुदायले धिमे बाजागाजा प्रदर्शनी गरे भने तामाङ समुदायले सेलो नृत्य, मगर समुदायले हुर्रा, उराँव समुदायले आफ्नो मौलिक नृत्य कर्माधर्मा जातिय भेषभुषामा सजिएर बाजागाजा सहित नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाती महांसघ मोरङका जिल्ला अध्यक्ष दिल बहादुर थेवे, नगर समन्वय परिषद सचिवालयका अध्यक्ष सुरेस सिह गनगाइ, लगायत विभिन्न जातिय समुदायका अगुवाहरुले नगर भित्रका जातिय सस्थाहरु एक आपसमा मिलेर आफ्नो हक अधिकारका निम्ती लड्नुपर्ने धारणा राखेका थिए । आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद विराटनगरमा अहिले १८ वटा जातिय सस्थाहरु अवद्धता रहेका छन् ।

सम्बन्धित समाचार

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

मोरङको पथरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय पथरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो आइतबार साझ पक्राउ परेका हुन्। इप्रका पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा...

भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।...

सामुदायिक विद्यालयलाई होच्याउने काम बन्द गर्न शिक्षक महासंघको चेतावनी

विराटनगर, जेठ १८–विराटनगरस्थित पोखरिया मावि र नीजि विद्यालयका विभिन्न संगठनहरुबीच विवाद बढीरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय अभिभावक संघ विराटनगर समितिले पनि मुख खोलेको छ । पोखरिया माध्यमिक विद्यालय विराटनगरको नाम जोडी सम्पूर्ण...

सन्चो जन स्वास्थ्य सहकारी संस्थाको अध्यक्षमा शंकर यादव

विराटनगर । विराटनगर ७ मा रहेको सन्चो जन स्वास्थ्य सहकारी संस्था लि. को अध्यक्षमा शंकर यादव सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहकारीको १०औं वार्षिक साधारण सभाबाट यादव अध्यक्षमा सर्वसम्मत रुपमा चयन...

विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

वैदेशिक रोजगारीमा रहेका र विदेशमा बसोवास गर्दै आएका १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ती १२ जनामध्ये २ जनाको मृत्यु भएको छ । यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो...

हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्