मोरङको पथरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

 न्यूज विराट
मोरङको पथरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय पथरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो आइतबार साझ पक्राउ परेका हुन्।

इप्रका पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा उनको घरमा प्रहरीले छापा हानेको थियो।

घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको भण्डारीले बताए। उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए।

पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

एसइई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

नेपाली शान्ति सैनिक मङ्गलबार माली र सेन्ट्रल अफ्रिका जाँदै   

काठमाडौं, २२ असार-नेपाली शान्ति सैनिकका २ डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति...

काेशी प्रदेश: चालू आबमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान

विराटनगर, ३२ जेठ । काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ । आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन्...

अरनीको कलेजद्धारा ५५ जना विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान...

ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतना र शिक्षिकाहरुलाई तालिम

विराटनगर, २६ माघ । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ‘गुड टच/ब्याड टच’ बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।...

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्