विराटनगर । कोशी प्रदेश सरकारले आगमी आर्थिक वर्षको लागि स्वास्थ्यमा ५१ करोड रुपैयाँ बजेट बढाएर ल्याएको छ । चालु आर्थिक वर्षको लागि सरकाले २ अर्ब ७ करोड २७ लाख रुपैयाँ बजेट विनायोजन गरेको थियो ।
प्रदेश सभामा आज आगमी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले स्वास्थ्यमा ३ अर्ब ५८ करोड विनायोजन गरेको जानकारी गराए ।
झापाको मेची अस्पताललाई उत्कृष्ट सेन्टर बनाउनका लागि ६० करोड ५५ लाख बजेट बिनायोजन गरिएको छ । औषधी प्रयोजनको लागि गाजाको व्यवसियक उत्पादनको लागि संघ सरकारसँग आवश्यक समन्य गरिने मन्त्री मगरले बताए । स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्थाको लागि ६ करोड ८४ लाख बजेट विनायोजन गरिएको छ । प्रदेश मातहतका अस्पतालकहरुलाई १० वर्ष मुनिका बालवालिकाहरुको उपचारको लागि ४ करोड २९ लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ । गुणस्तरीय प्रयोगशालाको लागि ५ करोड बजेट विनायोजन गरिएको मन्त्री मगरले बताए ।