संस्थापन पक्षका नेता सानेपातिर, असन्तुष्ट नेताहरु शशांक निवासमा

 न्यूज विराट
संस्थापन पक्षका नेता सानेपातिर, असन्तुष्ट नेताहरु शशांक निवासमा

काठमाडौं, पुस ११–नेपाली कांग्रेसको आज बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षधर केन्द्रीय सदस्यहरुले बहिस्कार गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै असन्तुष्ट पक्षले २६ मंसिरदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको छ । असन्तुष्ट पक्षलाई वार्ताद्वारा सहमतिमा ल्याउने प्रयास समेत असफल भएपछि शुक्रबार बोलाइएको बैठकमा पनि पौडेल पक्षधर केन्द्रीय सदस्यहरु उपस्थित नभएका हुन् । २६ मंसिरमा पेश भएका एजेण्डामा समेत पौडेल पक्षधरले असहमति जनाएको छ ।

संस्थापन पक्षले उपसभापति विमलेन्द्र निधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्ने जिम्मेवारी दिएको थियो । असन्तुष्ट पक्षबाट वार्ता गर्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद दवाडी र हृदयराम थानीलाई जिम्मेवारी दिएको थियो । संस्थापन पक्षले प्रस्ताव गरे बमोजिम केन्द्रीय विभागको संख्या २८ बाट ४१ बनाउने, नेविसंघको महाधिवेशन आयोजक समिति वा तदर्थ समिति बनाउने र नेपाल तरुण दलको कार्यकाल ६ महिना थप गर्ने विषयमा समेत असहमति भएपछि बैठक बहिस्कारले निरन्तरता पाएको हो ।

विभागमा असन्तुष्ट पक्षलाई ४० प्रतिशत दिन, नेविसंघमा अध्यक्ष संस्थापन पक्षले लिएर महामन्त्रीसहित ४० प्रतिशत दिन र तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीमाथि गरिएको कारबाही फिर्ता गर्न असन्तुष्ट पक्षले गरेको प्रस्ताव संस्थापन पक्षले नमानेपछि कांग्रेस भित्र विवाद पनि गहिरिँदै गएको छ । सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक २६ र २७ गते बसेको थियो । दुवै बैठक पौडेल पक्षले बहिस्कार गरेको छ भने २९ मंसिर, १, ४ र १० पुसमा बोलाइएको बैठक स्थगित गरिँदै आएको छ ।

संस्थापन पक्षले असन्तुष्ट पक्षमाथि भागबण्डा खोजेका कारण सहमति नजुटेको आरोप लगाउँदै आएको छ भने असन्तुष्ट पक्षले संस्थापन पक्षले विधान विपरित विभागको सख्या थप्ने र महाधिवेशनको कार्यतालिका नल्याएर कार्यकाल बढाउन खोजेको आरोप लगाउँदै आएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन संस्थापन पक्षका केन्द्रीय सदस्यरु केन्द्रीय कार्यालय सानेपातर्फ गइरहँदा असन्तुष्ट पक्षका नेताहरु भने महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसिरहेका छन् । उनीहरुले संस्थापन पक्षको गति हेरेर थप कार्यक्रम बनाउने योजना बनाइरहेका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्