हरित, सफा तथा सबैका लागी बस्न योग्य विराटनगरका लागी प्रभावकारी उपाय प्रर्दशनी

 न्यूज विराट
हरित, सफा तथा सबैका लागी बस्न योग्य विराटनगरका लागी प्रभावकारी उपाय प्रर्दशनी

विराटनगर । विश्व वातावरण महिना २०२४ को अवसरमा विराटनगर महानगरपलिका अन्तरगत वातावरण र जलवायु न्यायका विषयमा विभिन्न अभियान, सचेतनामूलक कार्यक्रम तथा पहल कदमिहरुलाई पछ्याउँदै ग्रिन सिटी भलुन्टर र दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका सँगको सहकार्यमा हरित, सफा र वस्नयोग्य विराटनगरका लागि प्रभाकारी उपाय प्रर्दशनी कार्यक्रका् आयोजना गरेको छ ।

विराटनगरको परिकल्पना गर्दै विभिन्न ४ बिषयबस्तु जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, वायु प्रदूषण तथा हरित र बस्न योग्य सार्वजनिक ठाउँ अन्तरगत वातावरण सुधार गर्नका निम्ती विराटनगरका बालबालिका तथा युवाको नेतृत्वमा स्थानिय सामाधानका उपायहरु प्रदर्शनी गरिहरियाली, सफा र बस्न योग्य विराटनगरका लागि कार्ययोग्य विचार प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रम अन्तरगत विराटनगरका विभिन्न १४ विद्यालयहरू वायू प्रदुशण अन्तरगत आर्दश मा.वि. र गायत्री संस्कृत मा.वि., जलवायु परिवर्तन अन्तरगत जनविकास मा.वि., हरित र बस्न योग्य सार्वजनिक ठाउँ अन्तरगत आदर्श बालिका मा.वि., विराट करियर एकेडेमी, श्री सर्वजनकी मा.वि, श्री सरस्वती मा.वि. र श्री गोग्राहा मा.वि., फोहोरमैला व्यवस्थापनअन्तरगत विराट बहिरा मा.वि, देवकोटा मा.वि., श्री महेन्द्र मा.वि., पूर्वाञ्चल मा.वि., श्री राधाकृष्ण मा.वि. र सत्यनारायण मा.वि. समावेश भएका थिए ।

विराटनगर अन्तरगा खुल्ला क्षेत्र हिमालय रोडमा आयोजित योप्रर्दशनी कार्यक्रममा विद्यार्थीहरुले विभिन्न बिषयवस्तु अन्तरगत विराटनगरमा रहेका समस्याको पहिचान गरि सो समस्याको समाधानका निम्ती प्रोटोटाइपहरू मार्फत विचारहरू अभिव्यक्त गरी यसको स्थानिय समाधान लाई उजागर गर्ने प्रयास गरेको र यस किसिमा कार्यक्रमहरु निति निर्माता हरुलाई पनि निकै फाईदा हुने विराटनगर महानगरपालिकाका वन, वातावरण विपद तथा सरसफाई समितीका संयोजक वासु वहादुर वस्नेतले बताए ।

नगरपालिकाले यी साना इनोभेटर तथा उत्साही युवाहरूलाई पहिचान गरी विराटनगरलाई हरित, सफा र सबैकालागी बस्न योग्य बनाउन कार्यक्रमहरूको योजना र नीति निर्माणमा संलग्न गराउन आवश्यक छ विराटनगर महानगरपालिकाकी वातावरण इन्जिनियर, सुदिक्षा कार्कीले बताइन् ।

प्रदर्शनीमा मूल्याङ्कनकर्ता प्यानलमा संयोजक बस्नेतसहित महानगरपालिकासरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका पुनम दाहाल सरसफाई अभियानता मधु राई र दिगो विकास ईन्स्टिच्युटका प्रयास अधिकारी रहेका थिए । प्रदर्शनीमा वायू प्रदुशण अन्तरगत आर्दश मा.वि., जलवायु परिवर्तन अन्तरगत जनविकास मा.वि., हरित र बस्न योग्य सार्वजनिक ठाउँ अन्तरगत श्री गोग्राहा मा.वि. रफोहोरमैला व्यवस्थापनअन्तरगत सत्यनारायण मा.वि. ले स्थानिय मुखि सामाधानका उपायहरु प्रस्तुत गर्दै कार्ययोग्य विचार पुरस्कार –२०२४ बाट पुरस्कृत भए ।

दिगो विकास ईन्स्टिच्युटले यस अधिको बर्ष पनि यिनै विषय बस्तुहरुमा खुला चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो । सो चित्रकला र यस कार्यक्रमका सम्पुर्ण उपायहरुलाई लिपिवद्ध गरी स्थानिय तथा प्रदेश सरकार संग हरित, स्वच्छ र बस्न योग्य विराटनगरका लागी कार्य र वकालत गर्ने दिगो विकास ईन्स्टिच्युटका प्रदेश संयोजक, मन्दिप शाहले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२ ) बमोजिम सरकार गठनका लागि आज आह्वान गरेका हुन्...

मोरङको केराबारीमा हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन्...

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा

विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

कस्तो बन्छ कोशीको पाँच सय शैय्याको मेडिकल भवन ?

विराटनगर । आठ तलाको बन्न लागेको विराटनगरस्थित कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो ।उक्त भवनको शिलन्यास बिहीबार सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले संयुक्त रूपमा...

राईजिङ्ग इर्ङ्लिस स्कुलले मनायो ३४ औं वार्षिकोत्सव

विराटनगर । विराटनगर – १५ रानीस्थित राईजिङ्ग इर्ङ्लिस स्कुलको ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । स्कुल परिसरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।कोशी प्रदेश सभा सदस्य अमृत अर्यालयको...

भोजपुर अस्पतालको प्रसुती सेवा ७ महिना पछि पुनः सुचारु

भोजपुर, फागुन १६–कर्मचारी अभावमा भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालमा गत श्रावण महिनाबाट बन्द भएकोे शल्यक्रियाबाट गरिने प्रसुती सेवा सात महिना पछि पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्