बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीलाई

 न्यूज विराट
बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीलाई

विराटनगर । प्रथम नोना कोइराला स्मृती बास्केटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन एकेडेमीले हात पारेको छ । विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्टमा मंगलबार सम्पन्न भएको फाइनलमा पुरुष र महिलातर्फ चिल्ड्रेन एकेडेमीले प्रतियोगिताको उपाधि जितेको हो ।

पुरुषतर्फ चिल्ड्रेन एकेडेमीले केके इन्टरनेशनललाई २१–११ को स्कोरले पराजित गर्यो । उक्त प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर चिल्ड्रेन एकेडेमीका प्रशान्त तामाङ्ग घोषित भए । त्यसैगरी महिलातर्फ चिल्ड्रेन एकेडेमीले सुरुमा ३–३ स्कोर बराबारी भएपछी ओभर टाइममा २–१ को स्कोरले होलील्याण्डलाई हरायो । उक्त प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर चिल्ड्रेन एकेडेमीकी शान्ता लिम्बू घोषित भईन् ।
एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर विर गणेशमान सिंह स्पोर्ट एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा विकेभीएम, सगरमाथा, अरनिको, पोखरीया स्कुल, विराटनगर बास्केटबल एकेडेमी, चिल्ड्रेन एकेडेमी र केके इन्टरनेशनलको सहभागीता रहेको थियो ।
महिला र पुरुष टीमका विजेताहरुले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ प्रमाण पत्र,ट्रफीको प्राप्त गरेका छन् ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, विर गणेशमान सिंह स्पोर्ट एकेडेमीका अध्यक्ष सुनिल श्रेष्ठ, एक्स्पर्ट एजुकेशनका अनुभव दाहाल, बेन्च मार्क एकेडेमीकी प्रिया सारडा, सेन्जेभियर्स ईन्स्टिच्युटका एकलव्य यादवले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी...

थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा विश्वास, आधिकारीक नभएको भगत समूहको आरोप

विराटनगर । थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा प्रदिप कुमार विश्वास निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको भवनमा बुधबार भएको १० औं जिल्ला अधिवेशनबाट विश्वासले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...

केदार कार्कीलाई भोट दिन मिल्ने विषय होइन, मध्यावधिलाई जोगाउन विश्वासको मत दिनेछौं: पुर्वमुख्यमन्त्री राई

विराटनगर । एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको मर्म र भावनालाई आत्मसाथ गरेर एमालेले गरेको मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । कोशी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पेस गरेको...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...

रतुवामाईका थप एक जनामा कोरोना, एक जनाको आरडिटि पोजेटिभ

विराटनगर, जेठ ९–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनामा आरडिटि पाजेटिभ देखिएको छ । शुक्रबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाई नगरपालिका–२ घर्रु चोकका ४१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्