प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

 न्यूज विराट
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

विराटनगर । प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोरङ कटहरी गाउँपालिका वडा नं. ३ बस्ने ४५ बर्षिय पन्चु पासवानलाई पक्राउ गरेको हो ।

पासवानले कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रुपैयाँ नगद लिएका थिए । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । ‘पक्राउ परेका अभियुक्तले अरुलाई पनि ठगी गरेको हुनसक्छ । त्यसतर्फ पनि हामीले अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि अरु पनि खुल्न सक्छ ।’
पक्राउ परेका पासवानलाई ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा ५ सय कागतीका बिरुवा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा ५०० कागतीका बिरुवा वितरण गरेको छ । क्लबले सहयोग गर्दै आएको बुध नगरस्थित शिव आधारभुत विद्यालय, आरसीसी जनता बाल विद्यालयमा सबै विद्यार्थीहरूलाई...

एमालेले ल्यायाे महाधिवेशनकेन्द्रित विशेष बुलेटिन

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई-बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ एमालेकाे मुखपत्र हो । विशेष बुलेटिनमा पार्टीका शीर्षनेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशनकेन्द्रित गतिविधि समेटेर महाधिवेशन...

प्रचण्ड र माधव नेपालबीच पार्टीमा आधा-आधा भाग लगाउने सहमति

विभाजित नेकपाको प्रचण्ड–माधव समूहले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको छ । विभाजनका क्रममा केपी ओली समूहमा खुलेका नेताहरूको स्थानमा पदपूर्ति गर्न प्रचण्ड–माधव समूहले पदपूर्तिका आधार र मापदण्ड तय गरेको हो । ७ फागुनको...

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं, १७ साउन-नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

कालीमाटी तरकारी बजारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं, ५ जेठ-कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो ।...

विष र करेन्टका कारण लोप हुँदै असला माछा

धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्