जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

 न्यूज विराट
जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो । 

महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुनपसिनाले आर्जन गरेको कमाई हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिनुभयो । उहाँले हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सूक्ष्म रुपमा अध्ययन  गरिरहेको प्रस्ट पार्नुभयो । ‘महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं,’ मेयर कोइरालाले भने, ‘जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा मोजमस्ती गर्न कसैलाई छुट छैन ।’ मेयर कोइरालाले केही सहकारीका कारण राम्रा सहकारीको पनि बद्नाम भइरहेको उल्लेख गर्नुभयो । उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गर्नुभयो । कोइरालाले लेखा तालिमले सहकारीको हिसाबकिताब चुस्तदुरुस्त राख्न सहयोग पुग्ने विचरा व्यक्त गर्नुभयो । रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको मेयर कोइरालाले बताउनुभयो । 

जेठ १ गतेबाट सञ्चालित पाँचदिने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूको क्षमता विकासमा सहकारी लेखा तथा पल्र्स तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । 

तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मेयर कोइरालाले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक रामचन्द्र गौतमले कतिपय सहकारीहरू महानगरले बनाएको नियमभन्दा बाहिर गएर सञ्चालन भइरहेको बताउनुभयो । उहाँले त्यस्ता सहकारीलाई महानगरले ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख गर्नुभयो । यसरी जरिवाना गर्दा सहकारी खातामा खर्च नलेखी अध्यक्ष र सचिवले तिर्नुपर्ने व्यवस्था रहेको गौतमले सुनाउनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट पेशलकुमार ढुंगेल र रीता गर्तौलाले तालिम निकै नै उपलब्धिमूलक भएको बताउनुभयो । 

तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको थियो । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी शाखाकी रोजी कार्कीले बताउनुभयो । महानगरले गत वर्ष पनि ३५ वटा सहकारीका लेखा कर्मचारीलाई तालिम दिएको थियो ।

सम्बन्धित समाचार

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

रामकुमारी राई कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान...

लकडाउनले हनुमान जयन्ती पनि प्रभावित

लकडाउनका कारण हनुमान जयन्ती पनि प्रभावित भएको छ । बजारमा मात्रै नभइ जनकपुरधामको हनुमान मन्दिरहरूमा पनि औपचारिकताका लागि मात्रै पूजा भएको छ । जसरी चैती दूर्गा, चैती छठ र रामनवमी जनकपुरधाममा भएको थियो त्यस्तै हनुमान...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

भारतमा ‘कालो ढुसी’को संक्रमणबाट ४३ सयभन्दा धेरैको मृत्यु

एजेन्सी, ६ साउन । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

देशभर एकै दिन थपिए १ हजार ५३९ संक्रमित

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै सर्वाधिक धेरै दैनिक कोरोन संक्रमण पुष्टि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-...

विराटनगर महानगरले ल्यायो ३ अर्व ४९ करोड ९८ लाखको बजेट

विराटनगर । विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ३ अर्व ४९ करोड ९८ लाख ८६ हजार रुपैयाको बजेट ल्याएको छ ।महानगरपालिको चौथो नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले सोमबार  सो बरावरको आगमी आर्थिक वर्षको...

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं, १२ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्