कोशी प्रदेशका नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले लिए सपथ

 न्यूज विराट
कोशी प्रदेशका नवनियुक्ति मन्त्री र राज्यमन्त्रीले लिए सपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् ।

त्यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैँले राखेका छन् । राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि माओवादीबाट मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती र एमालेबाट रामबहादुर मगरलाई मन्त्रीमा नियुक्त गरिएको भएपनि मुख्यमन्त्री कार्कीले त्यसबेला उनीहरुलाई जिम्मेवारी दिएका थिएनन् ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ...

कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...

कोरोनाबाट महोत्तरीकी ४ वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौं, १६ भदौ-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा ११ जनाको निधन भएको छ । २४ घण्टाको अवधिमा ४ वर्षीया बालिकासहित ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी...

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए

काठमाडौं, असार ७ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गर्नुभएको हो । गृहले एक नम्बर प्रदेशमा...

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

बन्दाबन्दीको असर अन्तःशुल्कमा

विराटनगर, ३ साउन–आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा कुल रु.छ अर्व ९५ करोड ७५ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु.१० अर्व १२ करोड ५९ लाख दुई हजार राजस्व...

मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ :मुख्यमन्त्री शाही

सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...

प्रदेशमा हड्ताल गरे जरिवानासहित कैद गर्ने विधेयक पेस

जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्