रविनको आक्रमक ब्याटिङ र प्रकाशको कसिलो बलिङले सुनसरीको रोमान्चक जित

 न्यूज विराट
रविनको आक्रमक ब्याटिङ र प्रकाशको कसिलो बलिङले सुनसरीको रोमान्चक जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा बुधबार भएको दोस्रो खेलमा सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै अन्तिम आठमा पुगेको हो ।

सुनसरी क्रिकेट क्लबका खेलाडी रविन मण्डलको आक्रमक ब्याटिङ र बलर प्रकाश कार्कीको कसिलो बलिङ गरे । रविनले ४७ बलमा अर्धसतक ८८ रन कटाउँदै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६६ रन बनाएको हो । प्रकाशले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए ।
सुनसरीका सविन यादवले १८ बलमा २९ रन पारी खेल्दा समिरले १२ रनको योगदान दिए । मिल्स क्रिकेटको तर्फबाट गुल्सन कुमार राजले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । पुस्कर झाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट र रितेस सिंहले १ विकेट लिए ।
१६७ रनको विजय लक्ष्य पछ्याएको आयोजक मिल्स क्रिकेटले १८.२ ओभरमा १० विकेट गुमाई १५५ रन मात्रै बनायो । जसमा कुमारले ३१ बलमा अर्धसतक कटाउँदै ७१ रन बनाए । झोला साहले २५ बलमा ३० रन ल्याउँदा बुद्रा कुमारले २४ रन बनाए ।
सुनसरीका बलर भुपाल लुईटेलले २ विकेट लिए । बिपोस्टिङ बलिङ गर्ने सुनसरीका प्रकाश खेलको प्लेर अफ द म्याच घोषित भए । उनले नगद तीन हजार पाए ।
बिहीबारको पहिलो क्वाटर फाइनल खेल जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब बिच हुने तालिका छ ।

सम्बन्धित समाचार

कालापानी सीमाको १ नम्बर पिलरमा पहिलो पटक सशस्त्रको गस्ती 

काठमाडौं, ७ असार-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली

काठमाडौं, १८ साउन-नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय...

अब बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने

विराटनगर । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । काठमाडौँमा सञ्चालित केही पेट्रोल...

मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर, असार २४–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका ४९ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित...

चिनियाँ राजदूत घरभित्र मृत फेला

एजेन्सी, जेठ ४-इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् । उनकाे मृत्युकाे कारण...

स्वास्थ्य परीक्षणबिना नेपाली भित्र्याइँदा जोखिम बढ्यो

काठमाडौं। जेठ १६-भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्