अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, लत्ता र निरुको अध्यक्षमा दाबी

 न्यूज विराट
अनेमसंघ क्रान्तिकारीमा नेतृत्वको विवाद, लत्ता र निरुको अध्यक्षमा दाबी

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।
विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो ।
अनेमसंघ प्रदेश अध्यक्षमा दुई जनाको दाबी रहेपछि पदाधिकारी टुंगो नलागेको माओवादीका नेताहरुले बताएका छन् । अनेमसंघ प्रदेशको अध्यक्षमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा महिला संगठनको केन्द्रीय सचिवलाय सदस्यद्धोय विराटनगरकी लत्ता न्यौपाने र झापाकी निरु खतिवडाले दाबी गरेकी छिन् । उनीहरुले अन्तिमसम्म अध्यक्षमा दाबी नछोडेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । ‘सर्वसम्मत नेतृत्व चयन गर्ने अन्तिमसम्म प्रयत्न गरियो । तर, सकिए । त्यसपछि ९१ सदस्य कमिटि गठन भएको हो । अहिले चयन गरिएको सदस्यहरूबाट पदाधिकारीहरू टुंगो लाग्नेछन् । त्यसको लागि हामीले एक हप्ताभित्रमा पनि सहमति गर्ने प्रत्यन्त गरिएको छ । त्यसपछि पनि सहमति हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन हुनेछन्,’ माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यले भने ।
अनेमसंघको प्रथम अधिवशेनमा माओवादी केन्द्र प्रदेश इन्चार्ज हरीबोल गजुरेल, पूर्व सभामुख ओनसरी घर्तीमगरलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

राजस्व हिनामिना प्रकरण : फरार रहेका यातायताका पाँच जना पूर्व कर्मचारी पक्राउ

विराटनगर । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातयातका पुर्व कर्मचारी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका तत्कालिन लोखापाल मणिराज दाहालसहित पाँच जना पक्राउ परेका हुन्...

कटहरीमा पालिका स्तरीय अध्यक्ष कप सुरु, उद्घाटनमा द राइजिङ क्लब विजय

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा कटहरी ४ मा रहेको द राइजिङ...

बत्तीस सय तिरेर महाकाली तरेका बीच बाटामै अलपत्र

बैतडी, २८ वैशाख-दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र...

मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट शुरु, एक दर्जन खेलमा विद्यार्थीको प्रतिस्पर्धा

विराटनगर । विराटनगर–३ मा रहेको मोडर्न एरा स्कुलमा स्पोर्ट्स मिट बुधबारदेखि शुरु भएको छ । तीन दिनसम्म हुने स्पोर्ट्स मिटमा एक दर्जन खेल समाबेस गरिएको छ ।स्र्पोटस मिटमा फिल्ड इभेन्ट्स, ट्याक इभेन्ट्स, कलास इभेन्ट्स, फुटबल,...

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्