कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
बिहिबार, २७ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले बिहीबार दाबी पेश गरेका हुन् ।
एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदको हस्ताक्षरसहित आफूले मुख्यमन्त्रीमा दाबी पेस गरिसकेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए।
एमालेबाट उपसभामुखबाहेक ३९ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
सरकार गठनको आह्वानविरुद्ध कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको आजै हस्ताक्षर सनाखत गर्ने तयारी छ । सनाखतपछि कार्कीले नियुक्ति पाउनेछन् ।
विराटनगर । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया र प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतमले शतप्रतिशत नतिजा दिनेगरी कार्य सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । केहीदिन प्रमुख प्रशासकिय अधिकृत नहुँदा नगरको काम सामान्यरुपमा प्रभावित भएपनि अब...
काठमाडौं, २० मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ । अफ्रिकामा २३ कात्तिकमा संकलन गरिएको नमूनामा...
काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...
काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...
एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘ सरकार प्रादेशिक...
काठमाडौं, २२ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सिल गरिएको छ । आयोगका ३५ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार...
विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...