मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने
बुधबार, २६ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो ।
मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । जेठ ५ गतेसम्म संचालन हुने सो प्रतियोगितामा नेपालका दश टिम र भारतको ६ वटा टिमको सहभागि रहेको मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीका अध्यक्ष मुरली चौधरीले जानकारी दिए । क्रिकेट खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताको बिजेताले नगद १ लाख ५१ हजार रुपैयाँ र उपबिजेताले ७५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् । प्रतियोगिताको प्लेर अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याट्र र बेस्ट बलरलाई जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ईमर्जिङ्ग प्लेयर हुने खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेलाई २ हजार १ सय रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । नेपाल खेलकुद महासंघको संयोजकत्वमा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको प्रथम संस्करणको बिजेता पूर्वाञ्चल एकाडेमी क्रिकेट क्लब र दोस्रो संस्करणकोे बिजेता भारतको नरपथगन्ज क्रिकेट क्लबले जितेको थियो । यस पटकको प्रतियोगितामा सिरहा क्रिकेट क्लब, झापाको बोष्र्टन, विराटनगरको पाँच वटा क्लब रहेको छ । जसमा एन.बी.एस. सि, विराट क्रिकेट क्लब, होराइजन क्रिकेट क्लब, यशराज क्रिकेट क्लब र आयोजक मिल्स क्रिकेट क्लब एकाडेमी रहेको छ । यसैगरी सुनसरी क्रिकेट क्लब, विरगंज युथ एकाडेमी, नेपाल पुलिस क्लब काठमाण्डौ रहेको छ । यसैगरी भारतबाट कटिहार क्रिकेट क्लब, दिल्ली क्रिकेट क्लब, हरियाण थन्दर्स, प्रशान्त क्रिकेट, हाई परफरमेन्स एकेडेमी र पुर्णियाको डिलाईट क्रिकेट क्लबको सहभागि रहनेछ । प्रतियोगिताको उद्घाटन दिनको खेल सिराहा क्रिकेट क्लब र भारतको कटियार क्रिकेट क्बलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको संयोजकमा विराटनगर १६ का वडाअध्यक्ष उद्धव भुजेल रहेका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष भुजेलले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार पनि लागि पर्ने बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि सबैको साथ सहयोगको खाचो रहेको बताए ।
विराटनगर, १६ माघ । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको...
विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो । उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको...
विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप...
विराटनगर । मोरङमा जंगली हात्तीको आक्रमणबाट आइतबार साँझ दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका–६ का ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार...
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली काङ्ग्रेसका नेता महेश आचार्य हिँडेका छन् । प्रतिनिधिसभाका उम्मेदवार मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीको...
गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...
काठमाडौं, २९ साउन-रौतहट तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका भन्ने सूचनाका आधारमा राँगा-भैँसी नियन्त्रणमा लिन गएको प्रहरी र राजपुर स्थानीयबीच झडप हुँदा गोली चलेको छ । भारतीय सीमा जोडिएको...
काठमाडौं, १६ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका हुन् । एमसीसी देश...