जेभियर्सले गर्यो कक्षा १२ का विद्यार्थीको विदाई

 न्यूज विराट
जेभियर्सले गर्यो कक्षा १२ का विद्यार्थीको विदाई

विराटनगर । बुढीगंगा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरुलार्इ एक कार्यक्रमका विच विदाई गरेको छ।

बुढीगंगा गाँउपालिकाका अध्यक्ष जितनारायण थापामगरको प्रमुख आतिथ्यमा र विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिताकुमारी रानाको सभापतित्वमा भएको विदाइ कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक तुलसी खतिवडाले गरेका थिए।

विदाई कार्यक्रममा प्रमुख अतिथि थापा मगरले जेभियर्स स्कुलले स्थापनाको यो छोटो समयमा गुणस्तरीय र सर्वसुलभ शिक्षा बुढीगंगामा प्रदान गर्न थालिसकेकोले कक्षा १२ सम्मको अध्ययनको लागि अब बाहिर जानुपर्ने कुराको अन्त्य भएको बताए।

कार्यक्रममा विद्यालयका सञ्चालकहरु जनक ढकाल , चन्द्रमणी रिजाल , रेवन्तकुमार श्रेष्ठ, शिक्षकहरु अर्जुन दाहाल र पर्शुराम सुबेदीले विदाइ भएर जाने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना ब्यक्त गरेका थिए। विद्यार्थी विनिता कार्की, रुपेश खवास र निशा निरौलाले विद्यालयमा रहँदाको अनुभवहरु सुनाएका थिए।

बुढीगंगा गाँउपालिकामा कक्षा १२ सम्म सञ्चालन गर्ने पहिलो विद्यालय जेभियर्स इङ्गलिस स्कूलमा हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म ९ सय विद्यार्थी अध्यनरत रहेको उक्त विद्यालयका सहप्रधानाध्यापक जनक ढकालले बताए।

सम्बन्धित समाचार

ह्वाट्सएपका प्रयोगकर्ता २ अर्ब नाघे

एजेन्सी, फागुन १–फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैँ सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ ।उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५...

सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार सुन तोलाको ९९...

संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् । निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज...

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने...

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्