मोटरसाइकल जोगाउँदा मोरङको बाँसबारीमा बस पल्टियो, १८ जना घाइते

 न्यूज विराट
मोटरसाइकल जोगाउँदा मोरङको बाँसबारीमा बस पल्टियो, १८ जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – बाँसबारी चोकमा बस पल्टिँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बा ४ ख ७४५० नम्बरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।

सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ‘मोटरसाइकललाई बचाउन खोज्दा बस दुर्घटना भएको देखिएको छ ,’ ट्राफिक प्रमुख न्यौपानेले भने, ‘को १८ प ५२९ नम्बरको मोटरसाइकल अचानक पश्चिमबाट दक्षिणतर्फ मोड्ने क्रममा बसले ठक्कर दिँदा दुर्घटना भयो । प्रहरीले तत्काल दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाएको छ ।’

मोटरसाइकल चालक सुनसरी देवानगञ्जका ४६ वर्षीय समाउद्दिन खानको छातीमा चोट लागेको छ । दुर्घटनामा परी घाइते भएका बसका यात्रु सिराहाकी ३७ वर्षीया निलम सिंह, सिराहाकै कल्याणपुर–१ की ६४ वर्षीय परमेश्वरी कापेटको टाउको र हातमा चोट लागेको छ ।
त्यस्तै, कल्याणपुर–४ का १९ वर्षीय नन्दकिशोर यादव, लहान–१३ की ५२ वर्षीय रुकमदेवी पासवान, कल्याणपुर–११ की ३५ वर्षीय सुनिता यादव, धनुषाको हंसपुरका शंकर मण्डलका छोरा ५ वर्षीय आरुष मण्डल, कल्याणपुर–११ की ७० वर्षीय रामपरी ठाकुर, कल्याणपुर–११ का ४२ वर्षीय सुकोकुमार साह, कल्याणपुर–११ का प्रमोद यादवकी छोरी ४ वर्षीय कृतिका यादव घाइते छन्।
त्यसैगरी, कल्याणपुर– ११ की १८ वर्षीय मनिषाकुमारी यादव, सिराहा बरियारपट्टी–२ का २९ वर्षीय ओमप्रकाश दास, नडाहा–२ की १८ वर्षीय एलिसा सिंह, कल्याणपुर–११ का ६८ वर्षीय मो. सहिद मियाँ, ओरी–१ का १६ वर्षीय प्रवीण सिंह, कल्याणपुर–११ का १८ वर्षीय विवेक यादव, कल्याणपुर–१ का ६४ वर्षीय मखन कामती र सप्तरी बोदेबरसाइन–१ का ५४ वर्षीय श्रवणकुमार चौधरी घाइते भएको ट्राफिक प्रमुख न्यौपानेले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए।

घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोटपटक लागे पनि खतरामुक्त रहेको चिकित्सकलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रेस युनियन मोरङको पद हस्तान्तरण

विराटनगर, १० असोज–नेपाल प्रेस युनियन मोरङको पद हस्तान्तरण गरिएको छ । सभापति कुमार लुइटेलले आफ्नो कार्यकाल सकिएपछि पद हस्तान्तरण गरेका हुन् । सभापति लुइटेलले एक कार्यक्रमकाबिच शनिबार मोरङको बेलबारीमा आगामी कार्यकालका लागि सभापति भोजराज बस्नेतलाई...

कोरोनाबाट आमाको मृत्युपछि अस्पतालमा ९ दिने शिशु

काठमाडौं, ३ जेठ-सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर पुगेपछि बिरामी परिन् । स्थानीय अस्पतालमा...

विराटनगरमा ९ सहित प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण

विराटनगर, २६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः ट्रम्प

एजेन्सी, २९ कात्तिक-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।  उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी...

सीएनआई एक्स्पोको आकर्षण, झिंगे माछाबाट बनेको स्वादिलो अचारमा भिड

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न...

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...

विपदको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौं, १५ वैशाख-काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ...

प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्