अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो
शनिबार, २२ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको हो । नेपालको तर्फबाट१२ जना खेलाडी अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिप खेल्न गएका थिए । जसलमा कुनाल कामत, मन्थन। गोयल, कारण अग्रवाल , युरिसा पोखरेल, आयुष साहले स्वर्ण पदक हात पारे । त्यसैगरी कास्वि अग्रवाल, सफल अधिकारी र आयुष मण्डलले रजत पदक र बेदान्सु खतिवडाले कास्य पदक जिते । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपालबाट गएको टिमको कोच सुरज कामत र टिम मेनेजर साहिल गिरी रहेका थिए । एप्रील २७ देखि २९ सम्म भएको प्रतियोगितामा चार वटा देशका २३० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...
काठमाडौं, १४ साउन-प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा मंगलबार बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले...
निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...
विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...