काठमाण्डौं बाहिर पहिलो पटक न्यूरो अस्पतालमा ‘बीएलएस र एसीयलएस’ तालिम
शनिबार, १५ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ । अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भएको तीन दिने उक्त तालिम शुक्रबार समापन भएको हो ।
तीन दिने तालिममा अकस्मात रुपमा विरामीको ज्यान जोखिममा परेको अवस्थामा कसरी उपचार गरेर बचाउने भन्ने विषययमा स्वास्थ्यकर्मीहरुले ज्ञान हासिल गरेका छन् । उक्त तालिममा विरामीको मुटुको चाल बन्द हुँदा देखि फोक्सो बन्द हुदा र बेहोस हुने जस्तो समस्या देखिँदा कसरी यसको उपचार गरिने त्यो उपचाको बारेमा तालिममा स्वास्थयकर्मीहरुलाई जानकारी गराएको डा. दिलकुमार लिम्बूले जानकारी दिए । तालिममा स्वास्थ्यकर्मीहरुलाई आकस्मिक रुपमा आएका क्रिटिकल विरामी कसरी बचाउने र त्यो बारेमा प्रयोगत्मक र ब्यवहारीक रुपमा तालिम दिएको उनले बताए । जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि यो तालिमले ठूलो सहयोग पुग्ने उनले बताए ।
विशेषगरी आकस्मिक कक्ष, आईसियु, सिसियूयु, क्रिटिकल विरामी राख्ने ठाउँमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरूको तालिममा सहभागि रहेको थियो । सो तालिममा विराटनगर, धरान, झापादेखि स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । यो तालिम काठमाण्डौं बाहिर पहिलो पटक विराटनगरमा गरिएको उनेल बताए । ‘यो कोर्ष गरेपछि संसारको जुनसुकै देशमा मान्यता पनि पाउनेछन्,’ डा. लिम्बुले भने, ‘यस्तो प्रकारको तालिम काठमाडौं बाहिर पहिलो पटक पूर्वी नेपालको विराटनगरस्थित न्युरो हस्पिटलमा गरिएको हो ।’ तालिमको सहजिकरण सेमाका निर्देशक डाक्टर अजय सिंह थापा र डा.दिलकुमार लिम्बूले गरेका थिए । एक दिन आठ घण्टा टे«निङ भएको छ । बीएलएसको बेसिकल्याब टे«निङ हुन्छ । दुई दिन एडभान्स कार्डियो भएको छ । ‘बीएलएस र एसीयलएस’ स्वास्थ्यकर्मीहरुले लिने तालिम भएको बताइएको छ ।
समापन कार्यक्रममा बोल्दै न्यूरो अस्पतालका संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक डा. विरेन्द्र कुमार बिष्टले यस्तो तालिमले स्वास्थ्यकमीहरुलाई उपचारमा ठूलो सहयोग पुग्ने बताए ।
काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले भेटवार्ता गरेकी छन्। प्रचण्ड निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा कोरोनाभाइरस रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको बताइएको...
काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले रविमाथि छानबिनको कुरा उठाएर गठबन्धन फुटाउन खोजेका आरोप लगाएका छन् । विराटनगरमा सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बन्नु भन्दा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...
बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो । पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते...
काठमाडौं, ११ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलालाई आज साँझ राष्ट्रपति...
विराटनगर, २ भदौ-प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो। भेन्टिलेटर...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई...