नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

 न्यूज विराट
नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन राष्ट्रपतिको आग्रह

काठमाडौं, ११ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलालाई आज साँझ राष्ट्रपति निवासशीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् । राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।

यसअघि भारतीय विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भटेका थिए । आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । रासस

सम्बन्धित समाचार

रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...

स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्बिरोध निर्वाचित : एमाले सवैभन्दा बढी (सूचीसहित)

काठमाडौं, बैशाख २० । स्थानीय तह निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेमा नेकपा एमाले सवैभन्दा पहिलो दल बनेको छ । निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमाले पहिलो बनेको हो । निर्वाचन आयोगका अनुसार एमाले...

प्याब्सन स्पोर्ट्स मिटः पूर्वाञ्चलले खोल्यो खाता, ज्याबलिङ थ्रोमा ल्यायो स्वर्ण पदक

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचना नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले स्वर्ण पदक जितेको छ ।शुक्रबार भएको ज्याबलिङ थ्रो छात्रातर्फ भएको प्रतियोगितामा पूर्वाञ्चल एकाडेमी स्कुलकी कक्षा सातमा अध्ययरत सीतल मगरले स्वर्ण...

भगत परिवारको घर भत्काएपछि रतुवामाईका मेयर विवादित, मेयरविरुद्ध खनिए स्थानीय राजनीतिक दल

विराटनगर, बैशाख २३–मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीनले राई स्थानीय गंगाप्रसाद भगतले बनाउँदै गरेको घर भत्काइदिएपछी विवाद सुरु भएको छ । रतुवामाई–५ गोविन्दुर बजार स्थित भगतको आधा बनिसकेको घर मेयर राई आफै पुगेर भत्काइदिएपछी विवाद सुरु...

प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना...

प्रदेश १ मा ४० संक्रमित थपिए

विराटनगर, २५ साउन–प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष,...

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्