चौंथो मिल्स गोल्डकप : पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लबलको अग्रता
सोमबार, १० बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वारटफाइ खेलमा पूर्व बिजेता गोलबजार स्पोर्टिङ क्लब गोलबजारले सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० गोलले गोलबजारले सुरुवाती अग्रता लिएको हो । खेल सुरु भएको १२ औं मिनेटमा निशान्त लिम्बुले गोल गरी टिमलाई अग्रता दिलाएका छन् । डिबक्स भित्र सन्दिप लिम्बुले निकालिदिएको पासलाई गोलबजारका निशान्तले आकर्षक गोल गरे । आज जित्ने टिमले फाइनल प्रवेशको लागि घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ । बुधबार हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ । वैशाख १५ गते हुने फाइलनमा कोशी प्रदेशका ‘ए’ डिभिजनका टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।
काठमाडौं, ४ जेठ-सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक...
गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको...
प्रदेश- २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक...
विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...
विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...
काठमाडौं, ८ असार-कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या...
विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...
काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...