करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड
बिहिबार, ०६ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।
मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले प्रदेश र स्थानीय सरकारले वृद्धि गरेको करले सर्वसाधारण मारमा परेकोले करको दर नभई दायरा बढाउनुपर्ने बताए । करलाई वैज्ञानिक र व्यवहारिक बनाउनु पर्ने माग गरे ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले करको दायरा बढाउन सचेतनामुलक शिक्षा जरुरी रहेको बताए । कटहरी गाउँपालिका भित्र वैज्ञानिक र व्यवहारिक कर निर्धारण गरेर दायरालाई फराकिलो बनाएर अगाडी बढाउने उनले बताए । त्यसैको लागि राजस्व सम्भयाव्यता अध्ययन परामर्श कार्यक्रम राखिएको उनले बताए । कटहरी गाउँपालिका भित्र १ सय बढी ठूला साना उद्योग धन्दा रहेको जानकारी दिदै अध्यक्ष चौधरीले सबैलाई गाउँपालिकामा सुचिकृत गर्न आग्रह गरे । ‘कटहरी गाउँपालिका भित्र रहेका साना ठूला व्यापार व्यवसाय संचालन गर्ने पसलदेखि उद्योगहरु पालिका भित्र दर्ता प्रक्रिया पुरा गरि आउने क्रमम बढेको छ,’ उनले भने, ‘स्थानीय पालिकाले लगाउने कर वैज्ञानिक र व्यहारिक बनाएर लैजाने फेरी पनि प्रतिवद्धता जाहेर गर्दछु ।’ उनले कर तिर्न योग्य बनाउन लागि परेको पनि बताए ।
नेपाल उद्योग वाणिज्य महाससंघ कटहरी गाउँपालिका अध्यक्ष अरविन्द्र्र साहले कर तिर्दा जनताले गर्व गर्ने वातावरणमा मात्रै करको भ्याली हुने भन्दै कटहरीले व्यवहारिक कर लागू गर्नुपर्ने सुझाब दिए । कटहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेको छ । चैतसम्ममा करिब ३ करोड बढी राजस्व संकलन भएको कटहरी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मनोज कुमार साहले जानकारी दिए । राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले दिएको सुझाबलाई कार्यन्वयन गरेर लैजाने कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बताइन् । उनको नेतृत्वमा राजस्व परामर्श समिति रहेको छ ।
विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित...
सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...
गोरखापत्र दैनिकबाट-कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको...
विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको व्यापार मेला सम्पन्न भएको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा आयोजना गरेको व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ सम्पन्न भएको हो । ...
विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को...
विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...
काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन्...
काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...