निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

 न्यूज विराट
निजी विद्यालयहरुले शुल्क बढाउन नपाउने विराटनगर महानगरको निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो ।

शिक्षा समितिका अध्यक्ष समेत रहेका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०८१ का लागि शुल्क नबढाउने निर्णय गरेको होे । महानगरले विद्यालयको विभिन्न सुविधालाई आधार मानेर क, ख र ग श्रेणी विभाजित गरेको छ । सोहीअनुसार संस्थागत विद्यालयले लिने शुल्क तोकिएको छ।

कुन श्रेणीलाई कति शुल्क ?

महानगरका अनुसार ुगु श्रेणीको आधारभूत तह ९५ कक्षासम्म० १ हजार ७०० देखि २ हजार २००, आधारभूत तह ९कक्षा ६(८० २ हजार २०० रुपैयाँदेखि २ हजार ७०० र माध्यमिक तह ९कक्षा ९(१२ सम्म० २ हजार ७०० देखि ४ हजार रुपैयाँसम्म मासिक शुल्क लिन पाउनेछन् ।

त्यस्तै शिक्षा निमावली २०५९ को अनुसूची २२ को खण्ड ुखु को उपखण्ड ७ बमोजिम प्रक्रिया पूरा गरी विद्यालयले प्रदान गरेको सेवा सुविधाका आधारमा ुखु वर्गका विद्यालयका लागि अधिकतम् थप २५ प्रतिशतसम्म र क वर्गका विद्यालयका लागि थप अधिकतम् ५० प्रतिशतसम्म शुल्क लिन पाउने महानगरको शैक्षिक प्रशासन महाशाखाले जानाएको छ ।

त्यस्तै बैठकले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ व्यापक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख ७ गतेसम्म संघन भर्ना अभियान सञ्चालन गर्ने साथै छुटपुट विद्यार्थीका लागि वैशाख महिनाभारी भर्ना अभियान जारी राख्ने निर्णय महानगरले गरेको छ । सामुदायिक विद्यालयहरुले सबै विद्यार्थी निस्शुल्क भर्ना गर्ने र विद्यार्थी भर्नाका लागि आफ्नो सेवा क्षेत्रभित्र व्यापक प्रचारप्रसार तथा सूचना प्रवाह गर्ने शिक्षा समितिको निर्णय छ ।

अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गर्ने व्यवस्था मिलाउने, त्यस्ता बालबालिकाको पढाई निरन्तरताका लागि सहयोग गर्नेहरुको अभिलेखीकरण गरी उचित सम्मान प्रकट गर्ने, विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक, सन्दर्भ पुस्तक तथा पाठ्य सामग्री प्रयोग गर्ने महानगरको निणर्य छ । यस्तै संस्थागत विद्यालयहरुले पाठ्यपुस्तक, विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायत खरिदका लागि कुनै एउटा पसलमा मात्रै नभई विद्यार्थी र अभिभावकले चाहेको पसलबाट खरिद गर्न सक्नेगरी व्यवस्था मिलाउनुपर्ने निणर्य पनि गरिएको महानगरले जनाएको छ ।

सम्बन्धित समाचार

मधेस प्रदेशको खुसीयालीमा आज सार्वजनिक बिदा

जनकपुर, ३ माघ । मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद...

झी पुः चमा नयाँ नेतृत्व, अध्यक्षमा भविषकुमार श्रेष्ठ

विराटनगर । झी पुःच (नेपाल भाषा तथा संस्कृतिक संघ) को अध्यक्षमा भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । झी पुचः को २९ औ साधरणसबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । होटल तथा पर्यटन व्यवसायी...

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु

विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...

परीक्षणको दायरा बढाउन माग गर्दा प्रहरीको लाठीचार्ज

पोखरा, २९ जेठ-पोखरामा युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । लकडाउनको उल्लंघन गर्दै युवाले पोखराको राष्ट्र बैंक चोक र जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडि प्रदर्शन गरेका हुन् । लकडाउनको उल्लंघन गर्दै प्रदर्शन...

पछिल्लो २४ घण्टामा देशभर १२७ संक्रमित थपिए

विराटनगर, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२७ जनामा...

चीनको क्विन्डाओका ६ जनामा कोरोना देखिँदा एकैसाथ ९० लाखको परीक्षण

एजेन्सी, २६ असोज चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका...

विराटनगरमा माओवादीको संगठन सुदृढिकरण अभियान सुरु, उद्घाटनमा खुल्ला रक्तदान

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाले पूर्वेली संगठन सुदृढिकरण अभियानको उद्घाटन गरेको छ । विराटनगरस्थित अखिल नेपाल टे«ड युनियन महासंघ मोरङको कार्यालयमा शनिबार विहान एक कार्यक्रम आयोजना गरी उक्त अभियान विराटनगरमा सुरु गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्