चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’
आइतबार, ०२ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ । लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’ नामक युट्यूब पेजबाट शनिवार अपरान्ह रिलिज भएको हो । रिलिज भएको छोटो समयमा संगीतप्रेमी दर्शकको राम्रो प्रतिक्रिया र भियूज बटुल्न सफल भएको छ । गीतको भिडियो र शब्दले मैथिली परिवेश सहितको समावेशी राष्ट्रियताको सन्देश बोकेको परिकल्पनाकार एवम गीतकार नवीन कर्णले बताए । यस गीतमा मोरङ,सुनसरीका चर्चित पत्रकार र समाजिक अभियन्ताहरुले भुमिका निर्वाह गरेका छन् । यस गीतको म्यूजिक भिडियोमा सामाजिक अभियन्ताहरु प्रवीण नारायण चौधरी,कमलेश कर्ण, सचिन कर्ण,प्रदीप कुमार दास र आभा अनुपमा सहित मोरङका सक्रिय पत्रकारहरु नवीन कर्ण,कमल रिमाल,सन्तोष सिग्देल, पुष्पराज थपलिया, सुशीला पाठक, सोनुकुमार दास तथा वीरेन्द्र साहले अभियनय गरेका छन् । यस्तै श्याम सुतिहार,उषा सरदार,हुसैन शेख,सरिता कर्मकार,सन्जना दास,कपलेश यादव र प्रवीण कर्णको अभिनय छ । म्युजिक भिडियोमा निलू कर्ण,विनिता कर्ण र रानी कर्ण लगायतले समेत भुमिका निर्वाह गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन भने छायांकन धिरेन्द्र साह र श्रृंगार अशोक मण्डलको रहेको छ । भिडियोको सम्पादन तथा रंग संयोजन हुसैन शेखले गरेका छन् ।
यस गीतमा जागेश ठाकुर संगै चर्चित गायकहरु राकेश पासवान,शंकर दास,धर्मेन्द्र शर्मा र बिमला पासवानले स्वर दिएका छन् । मधेश प्रदेशको सिरहास्थित मिर्चैयाको ए.एफ.प्रोडक्सन स्टुडियोमा यस गीतको स्वरांकन गरिएको थियो ।
गीतमा पत्रकार नवीन कर्ण र कर्ण संजयको शब्द छ भने संगित धर्मेन्द्र शर्माको रहेको छ । मैथिली अनलाइनको युट्यूब पेजमा यो गीत हेर्न सकिन्छ ।
जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर...
विराटनगर । रंगेली नगरपालिकाका विकासप्रेमी मेयर दलिप बगडीया पूर्वाञ्चल विश्व विद्यालय सभा सदस्यमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर बगडीयालाई गत वैशाख १२ गते विश्वविद्यालय सभाको सदस्यमा नियुक्त गरेका हुन् । पूर्वाञ्चल...
विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...
विराटनगर, जेठ २०–कोरोना भाइरसको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार भएको भन्दै नेपाल पत्रकार महासंघसहित पत्रकारका संगठनहरुले आपत्ती जनाएका छन् । स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले...
काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...
जनकपुर, माघ २४–अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दर्ता गरेको काठमाडौंको ललिता निवास जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रदेश २ का दुई जना सचिव परेपछि कामकाज प्रभावित भएको छ । प्रदेश २ को मुख्यमन्त्री तथा...
काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको...
विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...