विराट मोडेल कलेजमा विद्यार्थी बिदाई र स्वागत एउटै मन्चमा
बिहिबार, २९ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मन्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको हो ।
बिबिएस फस्ट र बिएड पहिलो वर्षका २५० जना विद्यार्थीलाई स्वागत गरिएको छ । त्यसैगरी चौथो वर्षका बिबिएस र बिएडका १ सय २ जना बिद्यार्थीलाई कलेजले बिदाइ गरेको छ । कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका परीक्षा सहनियन्त्रक डिल्ली प्रसाइ रहेका छन् । कार्यक्रमको अध्यक्ष कलेजका जनक अधिकारी रहेका थिए । कार्यक्रममा प्याब्सन मोरङका कोषाअध्यक्ष बिष्णु डंगोल, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाललगायतको उपस्थिति रहेको छ । कार्यक्रममा स्वागत मन्तब्य कलेजका संचालक देबिलाल महतोले गरे ।
बिबिएस र बिएडका कक्षाहरु संचालन रहेको छ । २०६५ सालमा स्थापना भएको उक्त कलेज २०७९ सालबाट नयाँ ब्यवस्थापनमा संचालनमा रहेको छ । कलेजमा एक हजार बिद्यार्थी अध्ययनरत रहेका छन् ।
विराटनगर । एक जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना चिकित्सक पक्राउ परेका छन् । सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनी विरुद्ध अभद्र व्यवहार...
काठमाडौं, १७ साउन-इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिस...
विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...
काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...
नेपालमा कोरोना भाइरस (कोभिड-१९) निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांकअनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ...
विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...
विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्ने भएको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन...
एजेन्सी, १४ माघ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दक्षिण कोरियाको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक...