विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् ।
‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप २४ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या...
विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...
विराटनगर, माघ १६–मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती मोरङको कटहरी गाउँपालिका–७ होडियारीमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर...
बाजुरा, २५ वैशाख-बाजुराको बुढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको...
प्रधानमन्त्री केपी ओलीले २८ मंसिर आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान बैठक बस्न सदस्यहरूलाई पत्र काट्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको बालुवाटार स्रोतले बतायो । बैठकमा अख्तियार दुरुपयोग नियन्त्रण...
विराटनगर, २१ फागुन । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित...
काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...
विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...