बालबालिका र अभिभावकको रोजाइमा डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर
बुधबार, २८ चैत, २०८०,
न्यूज विराट
विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मेहनती शिक्षक शिक्षिकाहरुका कारणले विराटनगर – ४ स्थित डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ । डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टरमा साना बालबालिकाहरुको राम्रोसँग हेरचार गर्दै अत्याधुनिक सुविधा सम्पन्न विशाल भवनमा भयरहित वातावरणमा रमाउँदै, खेल्दै नयाँ–नयाँ कुरा सिकिरहेको देख्न पाइन्छ ।
सेन्टरले यस्तो रचनात्मक धरातल तयार गर्दैछ, जहाँ बालबच्चाहरुले आफ्नो शिक्षा र सिपलाई जीवनोपयोगी बनाउन सक्नेछन् । एसियाकै नयाँ कॉन्सेप्ट ‘एमएड’ पद्दतिलाई डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टरले संचालनमा ल्याएको प्रिन्सिपल हेमेन्द्र कुमार कर्णले बताए ।
७ वर्ष अगाडी रिसर्च गरेर मैटर, मशीन एंड मैथमेटिक्स, मेडिसिन एंड मेडिकेशन, मैनेजमेंट, मोटिवेशन,मैनकाइंड एंड ह्यूमैनिटी, मोरलाईजेशन मैडिटेशन तथा माइन्ड एण्ड मेमोरीको विस्तृत भौतिक र मनोवैज्ञानिक सिद्धान्तलाई समेटेर डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टर संचालनमा ल्याएको उनले बताए ।
बालबालिकाहरुको लागि बाल्य अवस्थादेखि नै आई.टी. र रोबोटिक्स जस्ता अत्याधुनिक टेक्नोलोजीहरुको प्रयोग गरिएको छ । यहाँ सम्म की मन्टेश्वरीमा लगाएको कलर र डिजाइनिंग पनी बालबालिकाको मनोविज्ञानमा आधारित रहेको छ । हरेक कक्षामा सि.सि टि.भी.को व्यवस्था रहेको तथा बालबालिकालाई अविभावकहरुले घर अथवा विदेश बाटै पनि मोबाइल एप्लीकेशनद्वारा अनुगमन वा निगरानी समेत गर्न सकने व्यवस्था रहेको छ । यहाँ पढाउने मोंटेसरी ट्रेनिंग बाट पूर्व प्रशिक्षित शिक्षकहरुलाई थप तीन महीने ‘एमएड’ ट्रेनिंग दिएर राखिएको छ । यसका साथै थप ८४ प्रकारको फरक–फरक ट्रेनिंग शिक्षकहरुलाई दिने प्रिन्सिपल कर्णले बताए ।
हाम्रो शरीरमा भएका पंचेन्द्रियको प्रयोग गरेर (जस्तो सुन्ने, छुने, महसुस गर्ने, गंध र स्वाद थाहा पाउने) अध्यापन गरिने पद्धति नै मोंटेसरी शिक्षा हो । तर यहाँ त्यस परम्परागत शैली भन्दा माथि उठेर बाल मस्तिष्कमा सु–संस्कार र आध्यात्म–विज्ञानको सञ्चार गरी भावनात्मक स्थिर (इमोशनली स्टेबल), सदाचारी तथा चरित्रवान जनशक्ति उत्पादन हुने गरी अध्यापन गराइन्छ । यसमा बालबालिकाको शैक्षिक विकासलाई उनीहरूको मानसिक तथा चारित्रिक विकाससँग जोडेर हेरिन्छ । यो पद्धति लर्निङ बाइ डुइङ तथा लर्निङ विथ फनको अवधारणामा आधारित छ । दिमागी बोझ बिना नै देखाउँदै–खेलाउँदै बालबालिकाको मस्तिष्क विकासमा टेवा पुर्याउने यो पद्धतिले बालबालिकाहरूलाई पढेर ठूलो मानिस बनाउने भन्दा पनि असल मानिस बनाउनेमा केन्द्रित रहेको प्रिन्सिपल कर्णले बताए ।
अहिले नेपालमा मोंटेसरी स्कुल खुल्ने क्रम बढ्दो क्रममा छ भने समाजमा व्यवसाय गर्ने मानिसहरूको संख्या पनि उत्तिकै बढ्दैछ । आफ्ना छोराछोरीका लागि समय निकाल्न नसक्ने व्यस्त अभिभावकहरूका लागि यो मोंटेसरी अति उपयुक्त स्थान भएको उनले बताए ।
बालबालिकाहरू स्वस्थ तथा घरेलु वातावरणमा रमाउँदै–खेल्दै नयाँ–नयाँ कुराहरु सिकिरहेको यहाँ देख्न पाइन्छ । साना नानीहरूसँग तोतेबोलीमा कुरा गर्दै शिक्षिकाहरू उनीहरूलाई निकै स्नेहपूर्वक सुम्सुम्याइरहेको देख्न पाइन्छन् । यहाँ नानीहरूलाई विभिन्न शैक्षिक सामग्रीद्वारा व्यावहारिक जीवनमा आवश्यक पर्ने ज्ञान प्रदान गरिन्छ भने अन्तर्राष्ट्रिय स्तरको शैक्षिक पाठ्यक्रम यसको विशेषता रहेको छ ।
दिनको तीन पटक सम्म र महीना को २६ दिनै फरक फरक पोषण युक्त विशेष परिकर खुवाउने व्यवस्था यहाँ रहेको छ, जुन नेचुरोपैथी, आयुर्वेद र मॉडर्न न्यूट्रिशनलाई मध्ये नजर गरी तैयार गरिएको श्रीधान्या पद्दतिमा आधारित रहेको छ । साथै बालबालिकहरुलाई शारीरिक र मानसिक रूपमा शक्तिशाली बनाउन बच्चाहरुको समय समयमा मालिश, वाटर थेरेपी, लैंड थेरेपी आदि गराउने व्यवस्था पनि रहेको छ । पूर्णतया अंग्रेजी वातावरणमा अध्यापन गराउनुको साथै संस्कृत भासाको पनि ज्ञान दिने व्यवस्था रहेको छ । अत्याधुनिक प्रविधिको साथमा वैदिक गणित, आयुर्वेद र योगविद्याको पनि ज्ञान दिने व्यवस्था रहेको छ ।
आफ्नो संस्कार–संस्कृति लगायत चाडपर्वका बारेमा समेत विभिन्न क्रियाकलापद्वारा जानकारी गराइन्छ भने उनीहरूको शारीरिक विकासका लागि विविध खेलकुदमा सहभागी गराइन्छ । जसले शिशुको बौद्धिक विकासमा समेत प्रभाव पार्छ । बालबालिकाहरूको मानसिक विकासमा संस्कार र खेलकुदको ठूलो महत्व हुन्छ भन्ने उनको बुझाइ छ । ठूलो क्षेत्रफल ५ कट्ठामा फैलिएको खेल मैदानमा डिवाईन चाईल्ड केयर एण्ड ट्रेनिङ सेन्टरमा बालबालिकाका लागि प्रशस्त खेल्ने स्थान रहेको छ । साथै छुट्टै फन पार्क, स्विमिंग पूल र प्ले–स्टेशनको पनि व्यवस्था हुनेछ । हरेक बालबालिकालाई व्यक्तिगत हेरचाहमा राखिने यो स्कुलमा उनीहरूको सुरक्षाका लागि, लड़दा पनि चोट नलाग्ने कारपेटिंगको व्यवस्था समेत छ । २ देखि ६ वर्षसम्मका बालबालिकाहरु अध्ययनरत यो मोंटेसरीमा डायनामिक, इन्डिभिजुअल, प्रोग्रेसिभ तथा केयरिङ शैक्षिक वातावरणमा अध्यापन गराइन्छ । यहाँ प्रशस्त मात्रामा आउटडोर गेम तथा इंडोर प्ले मैटेरियल्स भएको यो स्कुल प्राइम लोकेसनमा भएकाले बालबालिकाहरूका लागि निकै उपयुक्त छ । यहाँ नेपालकै सर्वाधिक सुविधा सम्पन्न शैक्षिक व्यवस्था भएता पनि शुल्क साधारण परिवारले पनि सजिलै व्यहोर्न सकने खालको रहेको छ जसले उच्चस्तरीय शिक्षालाई सर्वसुलभ गरेको उनले जोड़ दिए ।
बालबालिकाको बौद्धिक विकासमा बढी केन्द्रित यो स्कुलमा सैद्धान्तिक एवं अन्य विभिन्न किसिमका आउटडोर क्रियाकलापद्वारा बालबालिकाहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिन्छ । ‘हामीकहाँ अध्ययनरत बालबालिका हरेक कोणबाट अब्बल तथा निडर छन् । प्राक्टिकल विषयमा बढी केन्द्रित गराइने हुनाले नजिकबाट नियाल्ने मात्र होइन त्यसलाई गहिरिएर बुझ्न सक्ने व्यक्तित्व निर्माणमा जुटिरहेका छौं’, प्रिन्सिपल कर्णले भने ।
विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...
एजेन्सी, फागुन १३–इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो । मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले...
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...
एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...
जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...
सुर्खेत, ७ जेठ-सुर्खेतमा अब बाढी पहिरोको पूर्व सूचना मोबाइलमा एसएमएसबाट नै आउने भएको छ । जल तथा मौसम विज्ञान विभागमार्फत् वीरेन्द्रनगर नगरपालिका र अन्य सरोकारवाला संस्थाहरूको समन्वयमा बाढीको पूर्व सूचना मोबाइल एसएमएस प्रणालीको स्थापना गरिएको...
विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सेमिफाइनलको समिकरण पूरा भएको छ । विराटनगरमा जारी प्रतियोगितामा सुनसरी र मोरङका चार वटा स्कुल विजयी भइ सेमिफाइनलको समिकरण पूरा भएको हो...