बालबाटिका स्कुल नेशनल एकेडेमीले किन्यो, छराहाङ्गले बेमानी गरेको नेशनल एकेडमीको आरोप

 न्यूज विराट
बालबाटिका स्कुल नेशनल एकेडेमीले किन्यो, छराहाङ्गले बेमानी गरेको नेशनल एकेडमीको आरोप

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुल विराटनगर १० मा रहेको नेशनल एकेडमीका संचालकहरुले किनेको छ ।

नयाँ शैक्षिक सत्रदेखि साविकको बालवाटिका स्कुल नेशनल एकेडमी नामकरण गरी कक्षा नर्सरीदेखि १२ कक्षासम्म संचालन गर्ने भएको हो ।

नेशनल एकाडेमीले सोमबार पत्रकार सम्मेलन गरी सम्पूर्ण अभिभावकहरुलाई साविकको बालवाकिटका स्कुल नेशनल एकाडेमीबाट संचालन हुने भएकाले भर्ना अभियान सुरु गरेको जानकारी गराएको छ । नेशनल एकाडेमीले बालबाटिका बोर्डिङ स्कुल २७ लाख ५० हजार रुपैयाँमा किनेको संचालक तथा नेशन एकाडेमीका प्रन्सिपल सकलदेव साहले जानकारी दिए । राजन कुमार छाराहाङ्ग र इन्दु थापा छाराहाङ्गले संचालन गरेको स्कुल भदौ ३ गते नेशन एकाडेमीले किनेको उनले बताए ।

स्कुल खरिद गरेपछि बालवाटिका स्कुलको स्वामितत्व सकलदेव साह र उनका श्रीमति सरिता साहको नाममा आएको छ ।

साहको नाममा स्कुल आएपछि साविकको बालावटिका स्कुलका संचालक राजन छाराहाङ्गले अहिले आएर बेमानी गरेको आरोप लगाएका छन् । ‘अहिले पनि बालवाटिका स्कुलमा भर्ना लिने काम भइरहेको छ । यो गलत तरिका हो । हामीले स्कुल खरिद गरेको सम्पूर्ण कागजपत्र भुक्तानी दिएको प्रमाणहरु सुरक्षित राखेका छौं,’ साहले भने, ‘नयाँ शैक्षिक सत्र सुरु हुन लागेपछि अहिले न्यू खोज्न थालेका छन् ।’

राजन छराहाङ्गलाई १० लाख, छराहाङ्गले भने अनुसार उनका साथी पंकज गुप्तालाई १२ लाख गरी २२ लाख रुपैयाँ दिएको कागज गरेको प्रमाण सुरक्षति गरेको उनले बताए । ‘अब पाँच लाख ५० हजार दिनु पर्दछ । यो पैसाँ दिन आफु तयार रहेको छु,’ साहले भने, ‘तर, छराहाङ्गले १२ लाख दिनुपर्ने सर्त राख्दै बेमानी गर्न सुरु गरेका छन् ।’ उनले छराहाङ्ग विरुद्ध विराटनगर महानगरपालिको न्यायीक समितिमा पनि उजुरी दिएका छन् । २३ चैतमा दुवै पक्षलाइ छलफलमा बोलाएको छ ।

यता छराहाङले भने २८ लाखमा विक्री गरेको भएपनि साहले साढे ६ लाख रुपैयामा मात्र दिएको बताए । ‘पुरा पैसा नदिएको कारणले विद्यालय बन्द नगरिएको हो,’ उनले भने ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२ ) बमोजिम सरकार गठनका लागि आज आह्वान गरेका हुन्...

मापसे गरेर झगडा गरेपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा

विराटनगर । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई...

रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

सेनाले गर्‍यो सम्मानका साथ काेरोना संक्रमितको शव व्यवस्थापन

धनगढी, ४ असार-कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले व्यवस्थापन गरेको छ । मृतकको शव मोहना नदी किनारमा मापदण्डअनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्