विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

 न्यूज विराट
विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो ।

विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो अभियान सुरु भएको छ । विराटनगर ९ नम्बर वर्डाको विशेष प्रबद्र्धनमा यो कार्यक्रम भएको छ । कार्यक्रम लाई सफल बनाउन विशेष सहयोग नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ मोरङले गरेको छ ।

सोही अवसरमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री पनि बितरण गरिएको छ । कार्यक्रममा बोल्दै विराटनगर ९ का वडाअध्यक्ष विश्वनाथ भगतले यस्तो कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धी गर्ने बताए । यस्तो संगीतिक कार्यक्रमलाई निरन्तार दिएर अगाडी बढनुपर्ने उनले बताए । आयोजक मन्जिना मुभिज क्रीयसनका निर्देशक जतिम ताम्राकारले शिक्षा सँगै खेलकुद कार्यक्रमलाई पनि अगाडी बढनुपर्ने बताए । विद्यार्थीहरुलाई मनोरञ्जन सँगै स्वास्थ्यको लागि खेलकुद अपरिहार्य रहेको उनले बताए ।

सम्बन्धित समाचार

कोशीकी स्वास्थ्य मन्त्री निर्मला लिम्बुले लिइन् शपथ

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेश सांसद निर्मला लिम्बूले शपथ लिएकी छिन् । उनलाई प्रदेश प्रमुख प्रशुराम खापुङ्बाट पद तथा गोपनीयताको शपथ शुक्रबार गराएका हुन् । मुख्यमन्त्री उद्धव...

टीकापुरको न्यायिक समितिद्वारा विराटनगर महानगरको अवलोकन भ्रमण

विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका...

विराटनगरमा च्याम्पियनस कराते एकेडेमी संचालनमा

विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २०...

५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय...

एस्पायर कलेजका जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्यार्थी सम्मानित

विराटनगर । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको विस्तारित कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजले विश्व विद्यालयले गतःमार्चमा लिएको बि.टेक.एड.आई.टी र बि.पि.एच. प्रथम र तृतीय सेमेष्टरको परीक्षाफलमा जी.पि.ए. ४ प्राप्त गर्ने ६ जना विद्याथीहरुलाई सम्मान गरेको छ...

प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्