विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।
१५ औं ब्याजका विज्ञान र व्यवस्थापन संकायका १ हजार ५० जना विद्यार्थीहरूलाई विदाई गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए । ‘विद्यालयमा सिकेको ज्ञान व्यवर्हानमा उतारेर विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु,’ प्रिन्सिपल खड्काले भने, ‘आगमी दिनको सफलताको विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहन्छु ।’
कार्यक्रममा विज्ञान संकायका कोर्डिनेटर नविन कुमार रोय, व्यवसंस्थाप संकायका कोडिनेटर शंकर भट्टराइ, निर्देशक भुपेन्द्र दाहाल, रमेश कुमार मण्डल, शैलेन्द्र सिवाकोटी राजेन्द्र प्रसाद यादवर ललित नारयण मन्दार, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरुलाई सफताको शुभकामना दिए । कलेजका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...
भोजपुर—भोजपुर र खोटाङमा हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी लाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति...
विराटनगर, चैत ११–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफुले प्राप्त गर्ने १ महिनाको तलब मात्र नभएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार र पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि कार्यान्वय गर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग...
काठमाडौं, फागुन १३–प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद मीनेन्द्र रिजालले ५ वटा हेलिकप्टर लिएर प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै...
काठमाडौं, १५ साउन-काठमाडौंको कमलादीमा आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर भागेको गाडी प्रहरीले फेला परेको छ ।प्रहरीले खोजतलास गर्दा घटनामा प्रयोग भएको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी ललितपुरको नखिपोटमा...
विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै...
काठमाडौं, १४ जेठ-भेरी नदीमा हराइरहेकाको खोजी कार्यका १८ जनाको टोली परिचालन गरिएको छ । गोताखोरसहितको १८ जनाको टोली शनिबारदेखि हराइरहेका ३ जनाको खोजी कार्यका लागि परिचालन गरिएको हो । शनिबार पश्चिम रूकुमको चौरजहारीमा मल्ल थरकी...
काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...