भव्य भयो मेरिल्याण्डको वार्षिकोत्सव : शिक्षकलाई ‘रेगुलारिटी’ अवार्ड र विद्यार्थीलाई सम्मान

 न्यूज विराट
भव्य भयो मेरिल्याण्डको वार्षिकोत्सव : शिक्षकलाई ‘रेगुलारिटी’ अवार्ड र विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले आफ्नो २१ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

सोही अवसरमा कलेजले शिक्षकलाई रेगुलारिटी सम्मान र विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेको छ । वर्षभरि आयोजना गरिएका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विजयी तथा शैक्षिक उत्कृष्ट कक्षा ११, १२ र विविएस का विद्यार्थीहरुलाई नगद पुरस्कारले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गडतौलाले मेरिल्याण्डले व्यवस्थापन शिक्षामा खेलेको भूमिका पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पु¥याएको बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर मेरील्याण्डले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठलो योगदान पु¥याएको बताए । आजको शिक्षा प्रविधियुक्त र रोगजारमुखी शिक्षा हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के. झाले मेरिल्याण्डका विद्यार्थी विश्व स्तरमा बिक्ने खालको दक्ष जनशक्ति उत्पादन गरेको कारणले जुनसुकै ठाउँमा रोजगारी पाउने बताए । कार्र्यक्रममा कलेजका निर्देशकहरू डा. मनोज गुप्ता, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदीप भगत र नन्द किशोर अग्रवालले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावको रोजाइमा परेको बताए । अभिभावक मनोज यादवले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलपाहरु पनि मेरील्याण्ड उत्कृष्ट रहेकोले छोरीलाई कलेजमा पठाएको बताए । ‘मरिल्याण्ड कलेज पढाएको कारण छोरी उत्कृष्ट हुँदै काठमाण्डौंमा अहिले पनि उत्कृष्ट हुँदै आएकी छिन् । छोरी यसरी उत्कृष्ट हुनुमा मेरिल्याण्डलाई श्रेय जान्छ ।’

सोही अवसरमा कलेजले शिक्षकहरुलाई पनि सम्मान गरेको छ । वर्षभरि एकदिन पनि अनुपस्थित नरही अनवरत रुपमा कलेज आउने शिक्षक चिरञ्जीवी कोइराला, सोमनाथ तिम्सिना, महेश कट्वाल, भोजकुमार श्रेष्ठ र विनोद साहलाई नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई एक महिनाको तलव बराबर रकम प्रदान गरिएको छ ।

कलेजले ‘रेगुलारीटी अवार्ड’ प्रत्येक वर्ष प्रदान गर्दै आएको छ । पुरस्कृत भएका मध्ये एक शिक्षक चिरञ्जीवी कोइरालाले मेरिल्याण्ड कलेजबाट गरिने यस्तै नयाँ –नयाँ प्रोत्साहनहरुले बजारका उत्कृष्ट मानव स्रोतहरु मेरिल्याडमा पढाउन आतुर हुने गरेको बताए । कार्यक्रममा कक्षा – १२ को बोर्ड परीक्षा, कक्षा –११ को हिसान परीक्षा तथा कलेजको आन्तरिक, अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेज व्यवस्थापन शिक्षामा सधै उत्कृष्ट नतिजा ल्याउने गरेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सँगै रोजगारमुखी शिक्षा दिएर कलेज अगाडि बढेको उनले बताए । गुणस्तरीय शिक्षा प्रदानमा कलेजले कुनै पनि कसुर बाँकी नराखेको उनले बताए । आउँदा वर्षहरुमा थप नयाँ कार्यक्रमहरुसँगै समय सापेक्षा शिक्षा प्रदान गरी कलेज अगाडी बढने उनले बताए ।
मेरिल्याण्डले २०७८ सालमा छात्रा दीया अग्रवालले कक्षा १२ को वोर्ड परीक्षामा उत्कृष्ट ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन । गत वर्ष पनि मेरिल्याण्डले विराटनगरमै उत्कृष्ट ९५.३७ प्रतिशत रिजल्ट ल्याउन सफल भएको थियो ।

सम्बन्धित समाचार

युवा समाजसेवी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना...

झापामा हात्ती धपाउन घरेलु प्रविधिको बन्दुकको प्रयोग बढ्दै

झापा,  २ असोज-झापामा जङ्गली हात्ती धपाउन क्याल्सियम कार्बाइड प्रयोग गरेर पड्काइने घरेलु प्रविधिको बन्दुकको प्रयोग बढेको छ । गोली र बारुद प्रयोग नहुने यो प्रविधिको सस्तो र सजिलो बन्दुकले भयङ्कर आवाज मात्र निकाल्ने भएको हुँदा...

बालुवाटारमा एमालेको बटमलाइन : १४ सांसद बर्खास्ती सदर वा सभामुखको राजीनामा र कोभिड भ्याक्सिन अपचलन

काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण

विराटनगर, २० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आपाङ्गत भएका व्यक्तिहरुका लागि सहायक सामाग्री प्रदान गरेको छ । डाउनटाउनले सीबीआरको सहकार्यमा ४ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेको हो । सहायक सामाग्री अन्तर्गत...

कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः पक्राउ परेका तीन लुटेरालाई प्रहरीले विराटनरमा सार्बजनिक गर्यो

विराटनगर, २७ असोज । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्बजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्बजनिक गरेको हो  बैंक...

कोरोनाबाट मृत्यु भएका मध्ये ३ देशमा आधाभन्दा बढी संख्या

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या ३ वटा देशमा छ । अमेरिका, बेलायत र इटालीमा मात्रै विश्वमा मृत्यु भएका मध्ये आधाभन्दा बढीको मृत्यु भएको हो । कोरोना भाइरसका कारण...

एसईई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्