शिक्षादीप कलेजद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

 न्यूज विराट
शिक्षादीप कलेजद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो ।

शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि उक्त राहत सामग्री वितरण गरेका हुन् ।
प्रत्येक विद्यार्थीलाई एउटा झोला, केहीकापी, कलम, एक सेट सर्ट–पेन्ट र भेष्ट–पेन्ट वितरण गरिएको थियो । शैक्षिक सामग्री र पोशाक ३१ जनाविद्यार्थीहरुलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिए । कलेजले समाजप्रतिको उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको प्रिन्सिपल खड्काले बताए ।
किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको समग्रीले पढाइमा ठूलो सहयोग पुग्ने पीडित विद्यार्थीहरुले बताएका छन् ।
शनिवार दिउँसो विद्युतीयतारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जनाविस्थापितभएको जनाइएको छ ।

सम्बन्धित समाचार

देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ । सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो । प्रदर्शनमा...

सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जना जेल चलान

रुकुमपश्चिम, १० असार-रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै,...

कर्णालीमा संक्रमितको संख्या ४ सय नजिक

सुर्खेत, २२ जेठ-दैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय...

बीपीमा थप दुई संक्रमितको मृत्यु

विराटनगर,  १० कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका एक पुरुष र सुनसरी धरानका एक महिला रहेका छन् । मोरङका पुरुषको आइतबार...

प्रदेश १ मा शनिबार संक्रमित थपिने भन्दा डिस्चार्ज हुने बढी

विराटनगर ३ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा चार र प्रदेश एक बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्