विराटनगरका औषधी व्यवसायीद्धार अग्निपीडितलाई राहत बितरण
आइतबार, ०४ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका – ३ बावुसाहेप टोलका अग्निपीडितलाई राहत वितरण गरेका छन् ।
अग्नी पीडितहरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् । शनिबार दिउँसो विद्युत सट भएर रंगेली ३ मा २० घर जलेर २८ परिवारका १ सय १८ जना बिस्थापीत भएका छन् । उनीहरु जलेको घरदेखि दक्षिणमा त्रिपाल टाँगेर बसेका छन् । अग्नी पीडितहरुको जीवन यापनमा कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधी व्यवसायीहरु राहत लिएर पुगेका हुन् । उनीहरुले खाद्यन्य, झुल र स्कुल पढने विद्यार्थीहरुको लागि स्टेशनरीको सामाग्री लिएर राहत वितरण गरेको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष तथा श्री शिवम मेडिकल हलका संचालक देशबन्धु ढकालले जानकारी दिए । राहत वितरणमा सहयोग सेजल शैसवका संचालक याम चौलागाइ, शिवम मेडिकलको संचालक देशबन्धु ढकाल, न्यूरो हस्पिटल फार्मेशीका संचालक प्रविण प्रधान, कलश फार्मका संचालक बेदबहादुर थापा गणेश, इन भिजन ड्रग डिस्टुबिटर प्रालिका संचालक सुशिम घिमिरे, रविन्द्र कोइराला, महेश मण्डल, रुपक काफ्लेलगायतले सहयोग गरेका थिए । उनीहरू पुगेर अग्नी पीडितलाई राहत बाढेका हुन् ।
एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...
विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...
संखुवासभा १९ वैशाख-प्रदेश-१ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसविरुद्ध लड्न जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय ५ लाखभन्दा बढीको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको सामाजिक विकास...
बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...
काठमाडौं, ९ साउन-नेपालमा पछिल्लो २४ घण्टाको थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनामा कोरोना...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङको अध्यक्षमा देशबन्धु ढकाल भारी मतअन्तरले निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको संघको दोस्रो जिल्ला अधिवेशनबाट ९२ मत अन्तरले हराउँदै अध्यक्षमा ढकाल निर्वाचित भएका हुन्...
विराटनगर, २८ साउन–प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...