राशिफल

बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

 न्यूज विराट
बीपी प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १६ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको आइतबार बिहान मृत्यु भएको हो ।

१४ माघमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका सप्तरीको राजविराज-१५ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति ११ बजेतिर मृत्यु भएको हो । उनले कोरोनाविरुद्धको दुवै खोप लगाएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै १० माघमा कोरोना पुष्टि भएपछि सोही दिन प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका झापाको बुद्धशान्ति गाउँपालिका-२ का ७० वर्षीय पुरुषको आइतबार बिहान साढे पाँच बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता चुरामणि  पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

मोरङको कटहरीमा सोमबार रोजगार मेला, १२ सय बढीले रोजागरी पाउने

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।सोमबार विहान ९ बजेबाट साझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो । कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ...

सुनिल शर्माले प्रतिवद्धता पुरा गर्दै, नोबेलमा ५० शैय्याको निःशुल्क क्याविन संचालन

विराटनगर । मोरङ ३ मा मतदातामाझ गरेको वाचा पूरा गर्दै नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् ।निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् ।चुनावमा...