कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

 न्यूज विराट
कटहरी गाउँपालिका अध्यक्ष चौधरीलाई कारवाहीको माग, कारवाही नगरे पार्टीबाट राजिनामा दिने चेतवनी

विराटनगर । मोरङ कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको भन्दै कारवाहीको माग राखेका छन् ।

गाउँपालिकाभित्र रहेका क्षेत्रीय र प्रदेश प्रतिनिधि, पालिका सभापतिसहित पदाधिकारी, सातवटै वडाका सभापतिसहितको शनिबार बसेको संयुक्त बैठकले यस्तो निर्णाय गरेको हो ।
अध्यक्ष चौधरीलाई पार्टीले कारवाही नगरे नेपाली कांग्रेसका जिम्मेवार पालिकास्तरका नेताहरूले सामुहिक राजीनामा दिने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार भई कटहरीको अध्यक्षमा निर्वाचित भएदेखि चौधरीले पार्टीका नेताहरूलाई बेवास्ता गरेको र उनीहरूको कामलाई असहयोग गरेको अध्यक्ष चौरधीमाथि आरोप लगाएको छ । बैठकले हुलाकी राजमार्गमा संघर्ष समितिसँगको सम्झौता अनुसार काम नभएर दुर्घटना हुने गरेको, पार्टी गाउँपालिका उपसभापति गोकर्ण भट्टराईसँग भ्रमणका लागि भन्दै आर्थिक सहयोग माग गरेको निर्णयमा उल्लेख छ ।
रकम नदिएकाले कटहरीका कर्मचारी रहेका भट्टराईका भाइको जागिर खाइदिने धम्की दिएको, कटहरी पार्टी सभापति रामकुमार कामतकी छोरीको सरूवा गरेको, वडा पार्टी सभापति संजय मण्डलको कामलाई अवरोध गरेको, पार्टी प्रदेश प्रतिनिधि गणेश मुखियाको ट्याक्टर नियन्त्रणमा लिएर दैनिक ५ हजार रूपैयाँको क्षति गरेको आरोप चौधरीलाई पार्टीले लगाएको छ ।
हुलाकी सडकमा भएको दुर्घटनाको बिरोधमा रहेका ११ जनालाई मुद्दा चलाएको, अंग्रेजी माध्यमको शिक्षाका लागि नियुक्त शिक्षक हटाएको, प्रमुख प्रशासकीय अधिकृत मनोज साहसँग मिलेर आर्थिक चलखेल गरेको, हुलाकी राजमार्ग र रेलवेमा हटिया लगाएर आफन्त मार्फत अवैध रकम उठाउने गरेकाले चौधरीलाई कारवाही हुनु पर्ने पार्टीले निर्णय गरेको छ ।
चौधरीले बुहारीलाई कर्मचारीमा नियुक्त गरेको बिरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिने बैठकले निर्णय गरेको छ । बैठकले वार्षिक ४० लाख रूपैयाँमा ठेक्का लाग्ने गरेको हटिया हटाउन चौधरीले नेपाल प्रहरी र सशस्त्र प्रहरी मार्फत दमन गराएको निर्णय गर्दै कारवाहीका लागि माग गरेको नेपाली काँग्रेस कटहरी गाउँपालिका २ का वडा सभापति सन्जय मण्डलले बताए ।
बैठकमा नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्ति माझी, क्षेत्रीय सभापति विनोद बस्नेत, जिल्ला सदस्य गोपाल साहलगायत सहभागी थिए ।

सम्बन्धित समाचार

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना पुष्टि

इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो...

विराटनगरमा आज एकैदिन २३३ जनामा कोरोना संक्रमण

विराटनगर, १२ माघ । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा...

प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका सुवाल सोमबार अध्यक्षमा चयन भएका हुन् ।नवनियुक्त अध्यक्ष सुवालले सोमबार प्याब्सन मोरङको कार्यालयमा पद तथा...

पारिश्रमिक नपाएको भन्दै नोबेलका ५५ स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

विराटनगर, ९ भदौ-विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वाथ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखिको पारिश्रमिक नपाएको तथा स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालले विभेद गरेको भन्दै कलेजको इमरजेन्सी विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन्...

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियोः मुख्य मन्त्रीहरू

काठमाडौं, चैत २–संघीय सरकार र ५ वटा प्रदेशका मुख्यमन्त्रीले ७ वटै प्रदेशमा कोरोना भाइरस परीक्षण गर्न ल्याब स्थापना गर्नुपर्ने माग गरेका छन् । प्रदेश सरकारलाई कोरोना भाइरससँग लड्न बजेटको आवश्यकता भएको र उक्त बजेट संघीय...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली

काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्