विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले सम्मान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार दोस्रो सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा ११ जना सजातियहरु, २ जना गैर–तेली, २ जना कार्यसमिति सदस्यहरु र ३ जना कार्यक्रम संयोजकहरुलाई सम्मान गरेका छन् ।
सम्मानित हुनेहरुमा तेली समुदायका संघिय आयोजना कार्यान्वयन इकाई, विराटनगरमा कार्यरत वरिष्ठ डिभिजनल इन्जिनियर सुरेन्द्र कुमार साह, त्रि।वि। इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसका प्रमुख प्रशिक्षक (मेकानिकल) सेवा निवृत ईन्जिनियर रामेश्वरप्रसाद साह, चार दशक शिक्षण पेसामा रही सेवा गर्नु भएका सेवा निवृत डा. मात्रिकाप्रसाद साह, सफल व्यवसायी तथा अग्रज शिवजी साह, सफल काठ उद्योगी प्रदिप साह, गढी गाउँपालिका सुनसरीका उपाध्यक्ष अनिता साह, डायटिसियन ओमप्रकास साह, जेष्ट नागरिक छेदनी देवी साह, निःशुल्क विवाह का अभियान्ता बिजय साहलाई सम्मान गरेको छ ।
यसैगरी २५ बिघा खेती निरन्तर रुपमा आफैले गरिरहनु भएका सफल कृषक भागवत साह, नेपाल टेलीकम धरानमा कार्यलय प्रमुखका रुपमा कार्यरत चन्देश्वर प्रसाद साह , तेली समुदायका नभए पनि तेली कल्याण समाजलाई सहयोग गर्दै आएका होटेल मनास्लु इनका सञ्चालक रोशन खड्का र पत्रकार अनिल श्रेष्ठलाई सम्मान गरिएको छ । त्यसैगरि फर्माकोलोजी विषयमा विद्यावारिधी (डक्टरेट) हासिल गरेका तेली समाजको उत्थानको लागि निरन्तर सहयोग गरिरहेका समाजको जिल्ला सदस्य डा. शिवशंकर साह, समाजका गतिविधिहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएका महिला सदस्य अरुणादेवी साहलाई सम्मान गरिएको छ । यसैगरी “सम्मानकार्यक्रम–०७९ र सम्मान तथा होली मिलन कार्यक्रम २०८०” का संयोजक उचीत नारायण साह, “क्यालेन्डर प्रकाशन तथा रक्तदान कार्यक्रम” संयोजक जगत लाल साहु, र “वनभोज कार्यक्रम” संयोजक गणेश कुमार साहलाई कदर पत्रले सम्मान गरियो ।
कार्यक्रममा बर्षभरीमा आजिवन सदस्य बनेका ७५ जना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र पनि वितरण गरेका थिए । समाजको अध्यक्ष डा. बालकृष्ण साहको अध्यक्षतामा भएको सो कार्यक्रमा केन्द्रिय अध्यक्ष विश्वनाथ प्रसाद तेली प्रमुख अथिति, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ्ग प्रहरी प्रमुख नवराज कार्की र गढि गाउँपालकिा उपाध्यक्ष अनिता साह बिशिष्ट अथिति, केन्द्रिय बरिष्ट उपाध्यक्ष उम्देश्वर साह, उपाध्यक्ष कपिलदेव साह लगायतका केन्द्रिय पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, पालिका अध्यक्षहरु, वडा अध्यक्षहरु समेत गरि ४ सय भन्दा बढिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार साहले आफुले पनि सहयोग गर्दै यस्ता संघसंस्थालाई स्थापित गराउन सबैले साथसहयोग गरिनुपर्ने बताए । तेली कल्यण समाज विराटनगरका अध्यक्ष सन्जय कुमार साह, तेली समाज ग्रामथान गाउँपालिका अध्यक्ष प्रदिप साहले विराटनगरका वडाअध्यक्षहरु र सक्रिय सदस्यहरुलाई सम्मान गरे । कार्यक्रमको स्वागत रोहित कुमार साह र संचालन समाजका सचिब सुनिल कुमार साहले गरेका थिए । स्वागत नृत्य तेली युवा समितिको समन्वय र पूर्वाञ्चल डान्सले गरेको थियो ।
कार्यक्रममा २०८१ को क्यालेन्डर बिमोचन तथा वितरण र होली पनि मनाएका थिए ।
जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...
काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ?...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई...
प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...
विराटनगर । मोरङमा सवारी दुर्घटनामा परी एक जना सव इन्जिनियरको मृत्यु भएको छ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।हरैँचाबाट...
विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...
विराटनगर, ३२ साउन–विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिए । उनका अनुसार थपिएका संक्रमितहरु ५ देखि...