स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, तीन दिन अगाडी विराटनगर आएका थिए प्रेमी

 न्यूज विराट
स्टाफ नर्सको हत्या प्रेमीले गरेको आशंका, तीन दिन अगाडी विराटनगर आएका थिए प्रेमी

विराटनगर – विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थोबिभागमा कार्यरत २२ वर्षीया स्टप नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ ।


सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर–४ बुढाथोकी मार्ग स्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्ने गरेकी थिइन् । उनको शुक्रवार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ ।

हत्या संलग्न भएका व्यक्तिले चाँबी दासको साथीलाई दिएर फरार भएका छन् । घटनापछि दासका प्रेमी भनिएका युवा फरार भएका छन् । उनी २९ फागुनमा सिराहादेखि विराटनगरमा आएको देखिएको घटनको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ ।

अहिले घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि अरु विषय खुल्नेछ ,’ उनले भने । उनीहरूको प्रेम सम्बन्धनमा दरार उत्पन्न भएपछि हत्याको रूपमा लिएको हुनसक्ने अनुसन्धानबाट देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले तेही अनुरूप अनुसन्धान गर्दै अगाडी बढेको छौं ।’ दुई मध्ये कुन प्रेमीले हत्या गरेको त्यो अहिले खुलिसकेको छैन । प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेकोले प्रेमीको नाम अहिले गोप्य राखिएको छ ।

सम्बन्धित समाचार

विधेयकले निम्त्यायो विवाद

काठमाडौं, फागुन २२–प्राधिकरणमार्फत यातायात सञ्चालन गर्नका लागि सरकारले शहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनको तयारी गरेको छ । संघीय सरकारले गाइडलाइन ऐन बनाएसँगै प्रदेश सरकारले त्यही ऐनको मर्मअनुसार आफ्ना प्रदेशका नयाँ ऐन जारी गर्न सकिने...

सिन्धुपाल्चोकमा बाढीले बगाएका ७ को भेटियो शव, अन्यको खोजी जारी

सिन्धुपाल्चोक, असार २-अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएको सात जनाको मृत्यु भएको छ । हेलम्बु क्षेत्रमा उनीहरुको शव आज भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि बिहानबाट प्रहरीले खोजी तथा...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

टिचिङ अस्पतालमा २ डाक्टरलाई कोरोना, आकस्मिक कक्ष सिल

काठमाडौं, २९ साउन-टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो ।  अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अननुसार २ डाक्टरलाई कोरोना...

प्रचण्ड र वामदेवबीच एक घण्टा भेटवार्ता

काठमाडौं, ११ पुस-नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो । भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो...

१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी

 काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २४ भदौ । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई दोस्रो चरणमा पनि खाद्यान्न वितरण गरेको छ । यसअघि एक महिना अघि २३ साउनमा पनि क्लबले पहिलो चरणमा...

गौतमबुद्ध कप क्रिकेट : टिम नारायणीको विजयी सुरुआत

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुआत गरेको छ । बागमती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुआत गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्