टि – २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा, मधेश र वागमती विजयी

 न्यूज विराट
टि – २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा, मधेश र वागमती विजयी

विराटनगर । टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ ।

विहिबारको खेल अगावे समुह ए बाट आर्मी ८अंकका साथ शिर्ष स्थानमा रहन्दै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीसँगै समुह ए बाट कर्णाली समुह उप विजेता भएको छ । त्यस्तै समुह वि बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अंकका साथ समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समुह विजेता ाबनेको हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको छ । यो खेलमा मधेशले एपिएफलाई ८३ रनले पराजित गरेको भए मधेश सेमिफाइनलमा पुग्ने थियो भने एपिएफले ८ दशमलव ३ बलमा मधेशमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको योगफल तयार पारेको थियो । मधेशकाकालागि प्लेयर अफ द म्याच विशाल शुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरि अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविशेक तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्कीले ३ विकेट लिँदा पूरन विकले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पुरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सिमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरि ५२ रनमा बनाउँदा क्पतान भुवन कार्कीले अविजित १२ रन र आयूुमान बमले पनि १२ रन बनाए । मधेशका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली नेपाल पुलिसलाई वागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हार पछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा वागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समुह उप विजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । वागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरि अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की २ विकेट लिँदा दिपक सेरलाले पनि २ विकेट लिए ।

जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सवै विकेट १ सय ४० रनमा सिमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरि ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । वागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले २–२ विकेट लिए ।

सम्बन्धित समाचार

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

भारतमा कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

काठमाडौं, ३ जेठ-गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...

१९ सांसदसहित १६० जनामा कोरोना पुष्टि

संघीय संसद सचिवालयमा गरिएको पीसीआर परीक्षणमा १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण देखिएको छ । संसद सचिवालयका अनुसार १८ जना प्रतिनिधिसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्यसहित १६० जनामा कोरोना पुष्टि भएको हो । कोरोना परीक्षणका लागि...

नेकोस कोशी प्रदेशको अध्यक्षमा उद्योगी राठी

विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...

मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...

ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर, १६ मंसिर । सुनसरी ईटहरी उप-महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे...

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो सुरू भएको छ । विराटनगर २ स्थित शंकरपुर मार्गमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो । एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । पुस १६ गतेसम्म सञ्चालन हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्