लागू औषध सहित चार जना पक्राउ

 न्यूज विराट
लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राई,सुन्दरहरैचा नगरपालिका ३ गछिया बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकराी दिए ।

प्रहरीले सुनिताको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले सुनिताको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ ।
त्यसै गरी सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने प्रज्वल र आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको छ ।
सोही मितिमा सुन्दरहरैचा नगरपालिका–५ बलिया स्थितमा सोही स्थान बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ४ (चार) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको...

जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प

विराटनगर, ९ चैत-भारतमा आइतबार जनता कर्फ्यू लगाइएका कारण जोगबनी नाका ठप्प बनेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यू लगाइएपछि जोगबनी नाका भएर हुने आयात–निर्यात...

जुवाको अखडामा प्रहरीको छापा, एमाले नेतासहित १८ लाख ५१ हजार बरामद

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका पुर्व अध्यक्ष शिवनारयण माझीसहित ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर पुर्व अध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ ह्जार ...

पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४...

सुर्खेतमा थपिए १५ कोरोना संक्रमित, मृतक युवकको रिपोर्ट नेगेटिभ 

सुर्खेत, १५ जेठ-पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ संक्रमित फेला परेका छन् । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण...

जेभियर्स स्कुलमा प्रविधिमैत्री प्रर्दशनी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...

रोजगारी गुमाएकालाई सरकारले आयस्रोतको बाटो उपलब्ध गराउँछ : प्रधानमन्त्री ओली

काठमाडाैं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका परिवारलाई राहतका प्याकेज देखाउने कुरा होइन भन्दै त्यो रहरको विषय पनि नभएको बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरूको संसदमा जवाफ...

सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्