स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

 न्यूज विराट
स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

दुईदिनसम्म संचालन भएको उक्त कार्यक्रममा दुई सय जना केन्द्र प्रमुखहरुको सहभागि रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरका शाखा प्रबन्धक मनोज न्यौपाने जानकारी दिए । केन्द्र प्रमुखहरूको भेला गराएर वित्तीय साक्षरताको बारेमा जानकारी गराएपछि उनीहरुले सेयर सदस्यहरुलाई बुझाउन सजिलो हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए । दुई दिनसम्म संचालन भएको कार्यक्रमको सहजिकरण स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. इटहरीका प्रमुख लोक वहादुर रखाल र विराटनगरका शाखा प्रबन्धक न्यौपानेले गरेका थिए ।

सोही अवसरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरको कार्यक्षेत्र अन्र्गतको उत्कृष्ट हुने केन्द्रलाई पुरस्कृत पनि गरेको छ । जसमा केन्द्र नं.१२ प्रथम भएको छ । केन्द्र नं. ६ द्धितीय र तृतीय केन्द्र नं. ९१ भएको छ । उनीहरुलाई नगदसहित कदर पत्रले सम्मान गरिएको छ । पुरस्कृत भएका केन्द्र प्रमुखहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिका १ का वडाअध्यक्ष हरीनारयण राजवंशीले पुरस्कार वितरण गरे । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघुवित्तको भूमिका ठूलो सहयोग पुगेको बताए । छरिएर रहेको पूजीलाई एकीकृत गर्न लघुवित्तले सयोग पुर्याएको उनले बताए ।


यसैगरी आफ्ना सेयर सदस्यको घरक्षती वापत राहत रकम पनि लघुवित्तले वितरण गरेको छ । केन्द्र नं. १४७ का सदस्य ललिता देव मलाहको घर क्षती भएपछि लघुवित्तले राहत रकम वितरण गरेको हो । यसैगरी श्रीमानको मृत्यु भएपछि केन्द्र नं. १ की सीतादेवी कटुवाल र केन्द्र नं. १६० की यसोदा देवी मण्डललाई पनि लघुवित्तले सहयोग रकम प्रदान गरेको छ । केन्द्र नं. ६२ की सानी तामाङको श्रीमानको मृत्यु भएपछि उनले लिएको २ लाख २५ हजार रुपैयाँ कर्जा पनि मिनाह गरिएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. विराटनगरका शाखा प्रबन्ध न्यौपानले जानकारी दिए ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. देशभरीमा १४५ वटा शाखा कार्यालय रहेको छ । विराटनगर अन्र्तगत ३ हजार ७२ जना सदस्यहरु रहेको लघुवित्तले जनाएको छ ।

सम्बन्धित समाचार

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, मिल्सलाई पाँच गोल गर्दै भरौल भेट्रान्स सेमिफाइनलमा

विराटनगर । भरौल भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बुधवार भएको खेलमा मिल्स भेट्रान्स क्लब ‘ख’ विराटनगरलाई...

सूचना निकालेर अध्यादेश फिर्ता हुँदैन, संसदबाट टुंग्याउनुपर्छ : ओली

काठमाडौं, १२ असोज । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए ।...

विराटनगरका ६ पत्रकार कोरोनामुक्त

विराटनगर, भदौ ४-विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् । तीन दिन अघि दिएको स्वाब परीक्षणबाट उनीहरु कोरोना मुक्त देखिएका हुन् । कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना स्थानीय उद्घोष दैनिकमा आवद्ध छन् । पत्रकारहरु...

प्रदेश १ मा आज ११ संक्रमित थपिए

विराटनगर, १८ असार–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा...

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

मोहनअधिकारीको शब्द र कमल खत्रीको स्वरमा ‘म तिम्रै हुँ’

मोहन अधिकारीको शब्द रचना र कमल खत्रीको स्वर रहेको गित सार्बजनिक भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका अधिकारीको शब्दमा खत्रिले स्वर दिएको गित ‘म तिम्रै हुँ’ को लिरिकल भिडियो सार्वजनिक भएको हो...

किशोरी बलात्कार आरोपी ६ महिनापछि पक्राउ

काभ्रेपलाञ्चोक, ११ वैशाख-सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएर हाल काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ बस्ने १ किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । सामूहिकरूपमा जबर्जस्ती करणी गरेको आरोपमा ६ महिनादेखि फरार ३ जनालाई बुधबार पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्