जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

 न्यूज विराट
जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृतक र घाइते सबैको पहिचान खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका २ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका २ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका ९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका ५ की ३० बर्षीया राम कुमारी राई र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा र हतुवागढी गाउँपालिका ५ का ४२ बर्षीय किसान राईको धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका ५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका ६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका २ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका १ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, ईटहरी १७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी १७ की २९ बर्षीया रमा थापाको बि पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

अब विपन्न संक्रमितको मात्र सरकारले उपचार गर्ने

काठमाडौं, २९ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब तथा विपन्नको मात्र उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । आइतबार मन्त्री भानुभक्त ढकालसहित बसेको बैठकले गरिब र विपन्नको मात्र उपचार गर्ने निर्णय गरेको हो । 'मन्त्रालयले...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...

१३ फागुनदेखि खेलकुद महोत्सव हुने, ६१ सदस्यीय मूल समारोह समिति गठन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता कार्कीलाई...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्