टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित

 न्यूज विराट
टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।
आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ खेलमा पराजित भएको छ । कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने आर्मीले लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मी ६ अंकाका साथमा शिर्ष स्थानमा छ । आर्मीले अव एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ । सवै ४ खेलेको कर्णालीले २ मा जित र २ मा पराजित भए पछि ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ भने २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ ।
टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो । कोशीका लागि दिपेश कँडेलले ३६ बलमा २ छक्का र २ चौका प्रहार गरि अविजिचत ४० रन बनाउँदा श्रवण यादवले १४ बलमा ५ चौका प्रहार गदै २९ रन बनाए । एक समय १५ दशमलव ८९ रनमा ६ विकेट गुमाएको कोशीकालागि कँडेल र यादवले २६ बलमा ४६ रनको अविजित पारी खेले । त्यस्तै अनिल लामिछानेले २१ रन र सुजन थपलियाले १४ रनको योगदान दिए । आर्मीका त्रितराज दास र पवन कार्कीले समान २–२ विकेट लिए ।

जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ३२ बलमा २ छक्का र ४ चौका प्रहार गरि ३५ रन जोड्दा सन्तोष कार्कीले २४ रन जोडे । कोशीका श्रिवण यादव र ज्ञानेन्द्र श्रेष्ठले २–२ विकेट लिए ।

दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरि सकेको वागमती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै वागमती समुह वि मा ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै २ अंकको साथ तस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंक विहिन भएर घर फर्किएको छ ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५० रनको स्कोर बनाएको थियो । गण्डकीका लागि ४७ बलमा १ छक्का र ९ चौका प्रहार गरि ६२ रन बनाउँदा अविशेक थापाले २३ रनको योगदान दिए । वागमतीका इसान पाण्डेले २ विकेट लिँदा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

जवाफमा १ सय ५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । वागमतीको जितमा प्लेयर अफ द म्याच रामनेश गिरी २७ बलमा ३ छक्का र ४ चौका प्रहार गरि अविजित ५० रनको पारी खेले त्यस्तै रविन जोशीले अविजित ३२ रन बनाउँदा आशसतोष घिरैयाले २९ रनको महत्वपूर्ण योगदान दिए । गण्डकीका सुवास भण्डारीले ३ विकेट लिँदा सन्दिप राजुली र अविशेक थापाले १–१ विकेट लिए ।

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

बिकेभिए स्कुल पछाडी फोहरको डंगुर, उठाउन महानगरले देखाएन चासो

विराटनगर । विराटनगर – ११ स्थित बिकेभिएम स्कुलदेखि दक्षिण पछाडी फोहर र दुर्गन्धित बनेको छ । बजार क्षेत्रका सडक तथा नालामा फालिएका फोहर सडेर दुर्गन्धमय बनेको हो । एक हप्ताभन्दा बढी दिनदेखि फोहर उठाउने चासो...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...

८५८३ को परीक्षण गर्दा १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

काठमाडौं, १६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला...

इप्रका रामपुर ठोक्सिलालाई सफलता, तस्करी हुन लागेको गाँजासहित एक जना पक्राउ

विराटनगर । प्रहरीले भारत तस्करी हुन लागेको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका –९ भचुवा बस्ने २१ वर्षिय रबिन राईलाई १३ केजी गाँजासहित आइतबार पक्राउ गरेको हो । ईलाका प्रहरी...

माओवादीले टुंग्यायो अनुशासन, निर्वाचन र लेखा आयोगको नेतृत्व

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्रले पार्टीका तीन आयोगको नेतृत्व टुंग्याएको छ । माओवादीले पार्टीको अनुशासन, लेखा र निर्वाचन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको हो । जसअनुसार लेखा आयोगको अध्यक्षमा...

कवि नेवटियालाई साहित्य सम्मान

विराटनगर । वरिष्ठ कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका कवि नेवटियालाई सम्मान गरेको हो । कवि नेवटियाले विराटनगरबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्